Posts

Showing posts from November, 2017

पुँजीवादी देशबाट कम्युनिस्ट (समाजबादी) लाई हेर्दा!

आज फेरि घर किन्न आए! म सङै रहेको एक अस्ट्रेलियन साथीले केही चाइनिज पर्यटकहरु जहाजबाट उत्रे पछि मलाइ भन्यो! मैले सोधेँ "तिम्लाइ कसरी थाहा भयो यो घर नै किन्न आयो भनेर?" उस्ले अस्ट्रेलियाको लबजमा नै भन्यो "हेर साथी यिनिहरु आफ्नो पैसा लगानी गर्न येहा आएका हुन! अब हामी सिड्नीमा घर किन्ने सपना नदेखे भयो! म त अब गाउँमा बस्छु! सायद १००-१५० किलोमिटर टाढा त्यहाँ कोहि चाइनिज नआउलान" त्यो साथिले भनेका कुरामा १००% सहमति नजनाए पनि बिगत १०-१५ बर्षको घरजग्गा कारोबार हेर्दा अस्ट्रेलियाका मुख्य शहर र वरिपरि सप्पै कारोबारमा कोहि न कोहि चाइनिज अनुहार देखिएको नै हुन्छ! म हालैका घरजग्गा लिलाम भाको ठाउँमा जाँदा जहिले पनि बढाबढको प्रतियोगितामा चाइनिज अनुहार मात्रै देखेको छु! स्थायी बासिन्दाहरु घरको डिलमा बसेर हेरिरहेका देखिन्छन आजकल! विकसित र पुँजीवादी देशमा बसेर घर किन्ने सपना देखेका धेरै छन र तिन्का घर किन्ने सप्पै चाइनिज र अरु! कस्तो सिस्टम? सप्पैलाइ सर्बबिजितै भएको कुरा हो! अस्ट्रेलिया सन्सारको सप्पैभन्दा महँगो पर्यटन गन्तव्य हो! गत साल मात्रै करिब १५ लाख चाइनिजले यो देश घुमेका रहेछ...

गठबन्धन, अर्थतन्त्र र आत्तिएको काङ्रेस!

भर्खरै नेपाली राजनीतिमा एउटा ठूलो उथलपुथल भयो जब अहिलेको सरकारको गठबन्धन साझेदार माओवादी एकाएक विपक्षी एमाले सङ्गै आउने प्रदेश र केन्द्रिय चुनावमा गठबन्धन मात्रै हैन पार्टी नै मिसाउने भनेर गयो! यो पछिल्लो घटनाक्रमले राजनीति मात्रै हैन आर्थिक क्षेत्रमा पनि धेरै नै हलचल पैदा गरेको छ! खास गरि खुला अर्थतन्त्र आफ्नै पेवा मात्रै हो भन्ने काङ्ग्रेस र त्यसमा आशा, भरोसा र राजनीतिक, आर्थिक फाइदा लिने जमातमा! तर खाँटि कुरा के छ भने नेपालको व्यावसायिक जगतले भने भित्री रुपमा यो पछिल्लो ध्रुवीकरणलाई मौन समर्थन गरेको छ! कुनै पनि व्यावसायी देशमा स्थिर सरकार र स्थिर राजनीति चाहन्छ! कुनै पनि लगानीकर्ताको लागि राजनीति स्थिरता, कानुन र त्यहाँको बजार, पुँजी, श्रम आदि महत्त्वपूर्ण कुराहरु हुन! पछिल्लो समय भएको राजनीतिक ध्रुवीकरणले एमाले-माओवादी मात्रै हैन काङ्ग्रेसको तिर पनि एक समीकरण बनेको छ! आशा छ दुबै तिरका समीकरण बलिया हुन र राज्यको संचालन मिलेर नै होस! जुन ब्यबस्था हामी अपनाउन गइरहेको छौं त्यसबाट सामन्यतया अब बहुमत प्राप्त गर्ने एक दल हुन निकै मुस्किल छ र यो समीकरणको सुत्रपात गर्ने एमाले र माओवादी धन...