एक पटक को नेपाली संधै को नेपाली!

एक पटक को नेपाली संधै को नेपाली!

माथीका शव्दहरु मेरा मित्र दिला खरेलले केही दिन पैले लेखेका थिए। साच्चिकै हामी एकपटकका नेपाली सधैं नेपाली नौ हौं, रहिरने छौं। नागरिकता जहाँको भए नि मन त्यहीँको छ र रहिरहने छ। केहि नेपाली साथीहरूले जहिल्यै प्रश्न गर्छन तँ देश छाडेर हिंड्ने अनि देशका बारेमा ठुला ठुला गफ गर्ने? प्रश्न जायज हो तर देश रहरले छाड्ने केही समयको लागी मात्रै होला तर मन जहिल्यै त्यहीँ हुन्छ मित्रहरु! देश छाडे पनि देश बिग्रोस भन्ने नेपाली अहिलेसम्म भेटेको पनि छैन।

आज देशको बारेमा भन्दा नि देश बाहिर भाका हाम्रा दाजुभाइको बारेमा चर्चा गर्न मन लागेर केही लेख्दैछु। खासगरी हाम्रो अस्ट्रेलियाको गैरआबसिय चुनाबको सन्दर्भमा केही लेख्न मन लागेर केही लेख्दैछु।

मलाइ लाग्छ समाज सेवा सन्सारकै सप्पैभन्दा उच्च सेवा हो। कोहि कसैले आफ्नो परिवार बाहेक आफ्नो वरिपरिका सहयोगको आशा गरेकालाई सहयोग गर्नु, गर्न तत्पर हुनु अझै आफ्नो समय र श्रोत समेत दान गरेर  लाग्नु जत्तिको ठूलो काम सायदै केही होला यो संसारमा। म करिब १२ बर्ष देखि एसिसियट देखि पुर्ण सदस्री रहेको संस्था हो एनआरएनए अस्ट्रेलिया। मैले बिगतमा देखेका धेरै आदरणीय दाजुभाइ दिदीबहिनीको योगदान यो संस्था र समाजमा अतुलनीय छन। सप्पैको आ-आफ्नो परिवार, पेशा हुँदाहुँदै र ब्यस्तताका बाबजुद समाज सेवाको लागि दिने समय एकदमै मुल्यवान र महत्वपूर्ण साथै सर्हानिय छ।

हामीले सोसल मिडियामा घरको सोफामा बसेर गरिने कमेन्ट भन्दा भिन्न र एक्दमै गार्हो काम हो सामाजिक काम। अहिलेसम्म भए गरेका कामहरु प्रति नतमस्तक हुँदै बर्तमान परिप्रेक्ष्यमा हामी र हाम्रो एनआरएनए कहाँ जाँदै छ भनेर चर्चा गर्न खोजेको छु।

मैले भर्खरै हुँदै गरेको चुनाबी चहलपहलका बारेमा छोटा र तिखा टिप्पणी गर्दै आएको छु यसको मतलब यो हैन कि एनआरएनए गए गुज्रिएको र यसमा लाग्ने नि उस्तै हुन। टिप्पणी कै सन्दर्भमा कुरा गर्दा स्टाटस पढेर फोन गर्दै तेस्का बारेमा बहस गर्ने मेरा केहि मित्रहरूको यश संस्था प्रतीको लगाव साच्चिकै लोभलाग्दो छ। केही मित्रहरूले त आफ्नो चुनावी घोषणामा ती कुराहरु १,२,३ नै भनेर राखेको देख्दा खुशी पनि लाग्छ।

तर यति भन्दाभन्दै हाम्रो संस्था र तेस्मा हुँदै गरेका बिकृती र बिसङतीको बारेमा बोलिएन भने भोलि यो संस्थाको महत्त्व सकिने छ र अहिलेसम्म धेरैले बगाएको पसिना र sacrifices को एकदमै अबमुल्यन हुनेछ। चुनाब कै सन्दर्भमा करिब १२ हजार सदस्य नवीकरण अनि करिब २०० भन्दा धेरै साथीहरू चुनावमा उठ्नु सहभागीता को एक कडि होला तर करिब १ लाख भन्दा धेरै नेपाली डायस्पोरा भाको देशमा आफैं पैसा तिरितिरी तानेर सदस्य बनाइने तौरतरिका अनि फगत अनुहार देखाउन कै लागि फेस्बुकका भित्तामा अनुहार देखाउन र ब्यक्तिगत ब्यबसायको प्रबर्द्धनको पछाडी लाग्नुले यो संस्थाको भबिस्य र महत्त्वको बारेमा प्रश्न खडा गरिदिएको छ।

एक मित्रलाई मैले सोधेँ तिमी किन चुनावमा भनेर उन्ले सिधै भने "मेरो ब्यबसाय छ भर्खरै शुरु गर्दै गरेको, मान्छेले मलाइ चिन्दैनन अनि मेरो उत्पादन पनि प्रचारप्रसार गर्नु छ" यो भनाइले मलाइ चकिर त बनाएन तर दुखित चाहिँ बनायो। आखिर समाज सेवा जस्तो पबित्र सेवाको लागि खोलिएको संस्था किन यस्तो ब्यापारीक बिज्ञापन एजेन्सी जस्तो भयो? यस्ले हाम्रो संस्थालाई कहाँ पुर्याउछ। एक मित्र चुनाब नै लडेका ले भने "अहिले सभापति उठ्न करिब १ लाख डलर भन्दा कम खर्च गरेर नसोछे पनि हुन्छ!" यो के हुँदै छ? दिनहुँ BBQ, पार्टी प्यालेशमा भोज भतेर आखिर के को लागि? समाजसेवा?? दिन दिनैको पार्टी, भोट माग्न देश दौडाहा! लाग्छ लेबर र लिबरल हैन कि अस्ट्रेलिया पुरै काङ्ग्रेस र नेकपा भै सक्यो।

यो पाराले भबिस्यमा समाजसेवा भन्दा पनि रवाफ, राजनीतिक हैसियत, व्यावसायिक प्रबर्द्धन गर्ने चौतारो भन्दा केहि हुने छैन हाम्रो संस्था। अहिलेसम्म को हिसाब गर्दा करिब १० लाख डलर जति त यो चुनाव मै खर्च हुने देखियो। यस्को फाइदा के हो? कस्का लागि हो? समाजसेवा (के साच्चिकै) गर्न मान्छे किन यति लालायित भए त? सोध्ने बेला भएन? अब त यस्तो समय आयो कि सेवा गर्छु भनेर कोहि आयो भने तेरो ब्यबसाय के हो? कति खर्च गर्न सक्छस? भनेर सोध्ने दिन आयो। कोहि लाखै खर्च गर्न तयार भएर चुनाब लड्न आउँछ भने त्यो लाख डलर लिएर सिधै सभापति दिए भयो त्यो पैसा लगानी गर्ने ठाउँ BBQ र पार्टी भन्दा पबित्र हुनेछन। कोहि साच्चिकै समाज सेवा गर्न आउँछ भने उस्को काम हेरेर चुनाव नलडी दिए हुन्न?

उपाय छन। अहिले जस्तो तानी तानी सद्स्य बनाउने सिस्टम नै गलत छ। यो बर्बादी को शुरुआत तेहि सिस्टम हो। किन अस्ट्रेलियामा भएका सप्पै बिद्यार्थी र आबसियहरु एकै किसिमका सदस्य हुन नपाउने? कारण यहि भोट हैन? अस्ट्रेलियाको कर कार्यालयले समेत १८० दिन भन्दा धेरै बस्ने आबसिय करदाता भनेर छुट्टै रेट लगाउँछ भने हामी एनआरएनए किन यस्तो रुढीबादी? हाम्लाइ गैराबसिय भनेर छुट्ट्याउने नेपाल सरकार र त्यहाँको कानुन ले हो! भोट नै हाल्न नपर्ने भएसी त सप्पै को स्तर एकै भयो। के बिद्यार्थी के पिआरवाला के नागरिक! संस्थालाई युनिभर्सल बनाउने हो भने युनिभर्सलाटीलाई आत्मसात गर्न सक्न पर्यो। सप्पैभन्दा हीनताबोध त तेत्ती बेला हुन्छ जब हामी पुरै पार्क नै कब्जा गरेर भोट हाल्न लाइन लाग्छौं! कठै! सोचाइ हाम्रो! देश छाडियो, पार्टी छाडियो, परिवार छाडियो तर यो सधैं को नेपाली पन कहिले छाड्ने? राजनीतिबाट समाजसेवालाई कहिले अलग गर्ने? कोहि समाजसेवा गर्न आउँछ भने सप्पैलाई सदस्य बनाएर एक बृहत् डाटाबेस बनाउने, सदस्य एकै किसिमको बनाउने, भोट अन्लाइन त्यहीँ दिने बनाउने! चुनाब प्रचारप्रसार खाली त्यही हाम्रै पेजमा मात्रै गर्न पर्ने बनाउने अनि कसैलाई आफ्नो ब्यबसाय, ब्यक्तिगत प्रबर्द्धन गर्न छ भने त्यहीँ पैसा लिएर प्रचारप्रसार गर्न दिने। आम्दानी पनि हुने, सप्पै सदस्य भएर संस्था नि ठूलो हुने, पैसा पनि कलेक्सन हुने! 

नेपाली बनौं! सधैंको लागि! राजनीतिक कार्यकर्ता नबनौं! 



Comments

Popular posts from this blog

किन खुल्दैन तातोपानी नाका ?

Kevin Rudd: How we staved off recession and the GFC