Posts

Showing posts from March, 2018

प्रधानमन्त्री ज्युलाइ चिट्ठी।

आदरणीय प्रधानमन्त्री ज्यु नमस्कार! आज मैले यो चिट्ठी लेख्दै गर्दा मलाई एकदमै गाह्रो महशुस भाको छ। हजुरको जिवनमा भएका कठोर घटना र हजुर्ले जनताको लागि भोगेका दु:खका दिन हामीले पड्न र सुन्न पायौं। नेतालाई जति गाली गरेपनि नेताको वास्तविक जिवन साधारण जनताको भन्दा फरक रहेनछ। पीडा बराबरी अझै नेता भै सकेपछि त्यो भन्दा धेरै नै हुन्छ होला! हजुरको त्याग र बलिदानको कदर गर्दै केहि दुइ शव्द कोर्दै छु! थाहा छैन हजुर्को नजरमा यो पर्छ कि पर्दैन तर कोसिस गर्दै छु। हामी असिमित समस्या, लैगिक र सामाजिक असमानता, पछौटेपन, अशिक्षा आदिका लागि आन्दोलन र त्याग गर्दै आज यहाँ सम्म आइपुगेको हजुर्लाइ भन्दा धेरै अरुलाइ कमै थाहा होला। ह्जुर सहित बिपक्षी दलका नेताहरु समेत जेलका ती चिसा छिंडीमा आफ्नो भबिस्य भन्दा पनि जनताको जिवनमा तात्विक परिवर्तन ल्याउन कै लागि बर्सौं कठोर यातना सहेर बस्नाले आज हामी यहाँ आइ पुग्यौं। सयौं जनताले बलिदान पनि दिए। आज सामाजिक संजाल र समाचारमा देखिएका केही जघन्य र हृदयबिदारक घटनाहरुको बारेमा सायद हजुर अनबिग्य हुनुहुन्न। ८ बर्ष कि नानीलाइ सामुहिक बलात्कार, एक युवतीलाइ सयौं रमिते गाउलेले ...

टुँडिखेल जान मन थियो मूर्ख हुन मन थियो!

आज फेरि धेरै पछि एउटा व्लग लेख्न मन लाग्यो। केही धार्मिक, आर्थिक अनि राजनीतिक मिक्स भएको कक्टेल वाला। हिजो भर्खरै एक विशाल कार्यक्रम मार्फत "बुद्ध वाज बोर्न इन नेपाल" भन्ने सन्देश दिनको लागि करिब १ लाख नेपालीले संयुक्त रुपमा धम्मपद बाचन गरेर बिश्व रेकर्ड कायम गराउँदै केही संदेश दिन खोजे! केहिले बेरोजगारको भिड भने, केहिले बुद्दु भने, केहिले काम नपाका भने, केहिले बेकारको खर्च भने, धेरै विद्वान खासगरि टुइटरवालाले त उडाउनु सम्म उडाए। हो। बुद्ध न एक ब्यक्ति हो, न कुनै धर्म, न कुनै राज्य छ तेस्को, न कुनै सिमाना छ। यो एउटा भयानक बैज्ञानिक र आधुनिक सोच हो जुन हाम्रा कपिलवस्तुमा जन्मेका एक ब्यक्ती ले प्राप्त गरेको ज्ञान हो! जुन ज्ञान केहिले धर्म, केहिले सोच र  ज्ञान को रुपमा सन्सारमा फैलाउने क्रम जारी छ! अब येस्तो हुँदा हुँदै किन १ लाख नेपाली मानिस (७५- देखि १ लाख भन्ने सुनेर) बौलाहा (विद्वानहरुको भनाइमा) भए त? के ती सप्पै सनकी र बोलाहा नै थिए? कि ती केही सोच नै नभएका उरन्ठाउला नेपाली थिए? कि यो गर्नै नहुने काम थोयो जुन उनीहरुले टुँडिखेलमा गरे? आउनुस अनुभव पनि शेयर गरौं न! म आज भ...