प्रधानमन्त्री ज्युलाइ चिट्ठी।
आदरणीय प्रधानमन्त्री ज्यु नमस्कार!
आज मैले यो चिट्ठी लेख्दै गर्दा मलाई एकदमै गाह्रो महशुस भाको छ। हजुरको जिवनमा भएका कठोर घटना र हजुर्ले जनताको लागि भोगेका दु:खका दिन हामीले पड्न र सुन्न पायौं। नेतालाई जति गाली गरेपनि नेताको वास्तविक जिवन साधारण जनताको भन्दा फरक रहेनछ। पीडा बराबरी अझै नेता भै सकेपछि त्यो भन्दा धेरै नै हुन्छ होला! हजुरको त्याग र बलिदानको कदर गर्दै केहि दुइ शव्द कोर्दै छु! थाहा छैन हजुर्को नजरमा यो पर्छ कि पर्दैन तर कोसिस गर्दै छु।
हामी असिमित समस्या, लैगिक र सामाजिक असमानता, पछौटेपन, अशिक्षा आदिका लागि आन्दोलन र त्याग गर्दै आज यहाँ सम्म आइपुगेको हजुर्लाइ भन्दा धेरै अरुलाइ कमै थाहा होला। ह्जुर सहित बिपक्षी दलका नेताहरु समेत जेलका ती चिसा छिंडीमा आफ्नो भबिस्य भन्दा पनि जनताको जिवनमा तात्विक परिवर्तन ल्याउन कै लागि बर्सौं कठोर यातना सहेर बस्नाले आज हामी यहाँ आइ पुग्यौं। सयौं जनताले बलिदान पनि दिए।
आज सामाजिक संजाल र समाचारमा देखिएका केही जघन्य र हृदयबिदारक घटनाहरुको बारेमा सायद हजुर अनबिग्य हुनुहुन्न। ८ बर्ष कि नानीलाइ सामुहिक बलात्कार, एक युवतीलाइ सयौं रमिते गाउलेले अगाडि बोक्सीको नाममा यातना, काठमाडौं शहर मै बलात्कार अनि अरु दिनदिनै हुने यस्तै यस्तै घटना जस्ले हामीलाई अभ्यस्त बनाइ सक्यो। हाम्रै विशाल छिमेकी भारतमा हुने यस्तै जघन्य अपराधले गर्दा सन्सारले उनीहरुलाई बलात्कारी को देश भनेर चिन्ने रहेछ बिदेशमा। हामी पनि त्यो बाटोमा धेरै पछि भए झैं लागेन। हजुरहरुको त्याग र बलिदान अनि जनताको रगतले सिन्चित यो परिबर्तित ब्यबस्थामा अब कति नानीहरुको रगतले लतपतिएको हेर्न र सुन्न छ र प्रधानमन्त्री ज्यु? कसैको छैन होला! ब्यबस्था के का लागि जब हाम्रै चेली, छोरीलाई सुरक्षा दिन सक्दैनौं, स-सम्मान बाँच्न पाउने अधिकार दिन सक्दैनौं? ८ बर्ष कि नानी सामुहिक बलात्कार जस्तो जघन्य अपराधमा परेर अस्पतालको शैयामा देख्दा एक नानी को बाबू मैंले मेरो सानी छोरीको मुख हेरि धुरुधुरु रुनुपर्ने बाहेक अरु केही उपाय देखिन प्रधानमन्त्री ज्यु। मलाइ लाग्छ हाम्रो समाज यति गए गुज्रिएको र निकम्मा कहिले देखिएको थिएन। वीरहरुले जोगाएको देश भनेर कति गर्व गर्नु अब खै जब हामी आफ्नैलाइ जोगाउन सकिरहेका छैनौं।
नयाँ संविधान, निर्वाचन र त्यस पछिको नयाँ सोचले देशमा नयाँ उत्साह र जोश जगाइरहेको यो बेला हजुर्को नेतृत्वमा आशा धेरै को छ। गर्नुपर्ने काम पाइला पाइलामा छन तर सुरक्षित र सु-शिक्षित समाज नभै हजुरका नयाँ कार्यक्रमले जनताको जिवनमा नयाँपन र उत्साह कमै ल्याउने छ प्रधानमन्त्री ज्यु! हजुर्ले यो गम्भीर बिषयमा रास्ट्र र देश बासिलाइ अपिल गर्नैपर्छ प्रधानमन्त्री ज्यु। ति अपराधीलाई भन्नै पर्छ कि अब तिनीहरुको बास नर्क मै हुनेछ। हजुर्ले स-साना नानीलाई र ठुला नारीलाइ भन्नै पर्छ अब हजुर अभिभावक हो र हजुर्ले उनीहरुलाइ सुरक्षित तरिकाले स्कुल, घर र देशमा रहने बताबरण मिलाउनु हुनेछ! अबेर भै सक्यो अब। हामी २१ औं शताब्दीको रेल, बिजुलि को कुरा गर्दा यी महत्वपूर्ण कुराहरू संगसंगै जाउन।
हजुरबाट जनतामा आशा धेरै भएकोले यो बिषय प्राथमिकतामा पर्ने छ भन्ने बिस्वास लिएको छु। नेपाल बलकारी र कायरहरु को देश भन्ने दिन आउने छैनन भन्ने बिश्वास लिएको छु।
हजुरको उहि साधारण जनता जो रोजिरोटीको लागि परदेश बस्ने
दिपक पौडेल
स्याङ्जा

Comments
Post a Comment