Posts

Showing posts from June, 2019

एक पटक को नेपाली संधै को नेपाली!

एक पटक को नेपाली संधै को नेपाली! माथीका शव्दहरु मेरा मित्र दिला खरेलले केही दिन पैले लेखेका थिए। साच्चिकै हामी एकपटकका नेपाली सधैं नेपाली नौ हौं, रहिरने छौं। नागरिकता जहाँको भए नि मन त्यहीँको छ र रहिरहने छ। केहि नेपाली साथीहरूले जहिल्यै प्रश्न गर्छन तँ देश छाडेर हिंड्ने अनि देशका बारेमा ठुला ठुला गफ गर्ने? प्रश्न जायज हो तर देश रहरले छाड्ने केही समयको लागी मात्रै होला तर मन जहिल्यै त्यहीँ हुन्छ मित्रहरु! देश छाडे पनि देश बिग्रोस भन्ने नेपाली अहिलेसम्म भेटेको पनि छैन। आज देशको बारेमा भन्दा नि देश बाहिर भाका हाम्रा दाजुभाइको बारेमा चर्चा गर्न मन लागेर केही लेख्दैछु। खासगरी हाम्रो अस्ट्रेलियाको गैरआबसिय चुनाबको सन्दर्भमा केही लेख्न मन लागेर केही लेख्दैछु। मलाइ लाग्छ समाज सेवा सन्सारकै सप्पैभन्दा उच्च सेवा हो। कोहि कसैले आफ्नो परिवार बाहेक आफ्नो वरिपरिका सहयोगको आशा गरेकालाई सहयोग गर्नु, गर्न तत्पर हुनु अझै आफ्नो समय र श्रोत समेत दान गरेर  लाग्नु जत्तिको ठूलो काम सायदै केही होला यो संसारमा। म करिब १२ बर्ष देखि एसिसियट देखि पुर्ण सदस्री रहेको संस्था हो एनआरएनए अस्ट्रेलिया।...