नेपाली बुद्धिजीवी र प्रकार


नेपालमा कुनै दिन तेस्ता थिए कि कोहि कहलिएको राजनीतिज्ञ/बुद्धिजीवीले केही बोलेको र लेखेको भरमा उसलाई महान बिस्लेशक, ज्ञाता र उस्तै परे ज्ञानि कै संज्ञा दिइन्थ्यो! गाउँमा भारत गएर आएका (लाउरे हाम्रो भाषामा) दाजुभाइहरुले दिने गफ सुन्दा लाग्थ्यो यिनीहरु जति ज्ञानी र जान्ने कोहि छैनन होला यो सन्सारमा! नेपालमा पछिल्लोपटक "बुद्धिजीवी" को? भन्नेमा खुबै बहस चलेको पाइन्छ र केही बर्ग जस्को सञ्चार, राजनीति र साहित्यमा केही पहुँच छ (खास गरि एउटै पात्रहरु नै) त्यो अरु सामान्य नागरिक भन्दा आफू उम्दा, आफ्नो मात्रै बोली चल्ने र आफू मात्रै कुनैपनी बिषयमा छलफल, सल्लाह र उस्तै परे विशेषज्ञ  हुँँ भन्ने पाइएको छ!
२०४६ सालको प्रजातान्त्रिक परिवर्तन र सञ्चार जगतमा सन्सारमा भएको अलौकिक बिकासले गर्दा अहिले को ज्ञानि, को अज्ञानी भन्ने छुट्टाउन एकदमै गार्हो छ! हाम्रो मात्रै एउटा येस्तो देश हो जहाका जनतालाइ राजनीति र समसामयिक बिषयमा एकदमै चासो र चेतना छ! खास गरि अबिकसित/अर्ध विकसित देशका जनता सबैभन्दा बढी चेतनशील हुने रहेछन! सायद त्यो उनिहरुको चाहेर वा नचाहेर हुने बौद्धिक बिकास रहेछ! बिकसित देशमा खासै मानिसहरुमा येत्ती धेरै राजनीतिक र सामाजिक चेतना भएको पाइएन! खास गरि गरिब देशहरु हाम्रो नेपाल जस्तै देश नै रहेछ जहाँ धेरै राजनीतिज्ञ र बौद्धिक बर्ग हुने रहेछ (खास गरि देखिने गरि हुने)!
हाम्रो देशमा अहिले ४ किसिमका बुद्धिजीवीहरु प्रस्ट देखिन्छन् अहिले!
१. साच्चिकै विद्वान जो सो बिषयमा पढेर, भोगेर, अनुशन्धान गरेर भएका! जो खासै सञ्चारमाध्यमा छैनन वा खासै आउन रुचाउदैनन वा उनीहरुको कुरा सन्चार माध्यमले सुन्दैन! तर केही तेस्ता विद्वानहरु आजकल जो सोसल मिडियाको प्रयोग गरि आफ्ना कुरा राख्छन! ती कुरा बुझ्नेले बुझ्छन, केहिले पढ्छन केही सन्चार माध्यामले प्रकाशन गर्छन अनि केही समय पछि सप्पैले बिर्शन्छन तिनिहरुलाइ! जो गुमनाम छन तर आफ्नो कर्म गरिराखेका छन!
२. दोश्रो चाहिँ आफ्ना कुरा जनता समक्ष राख्छन, अन्तर्कृया पनि गर्छन, विद्वान पनि हुन तर खासमा उनीहरु कोहि पार्टिका कार्यकर्ता, कोहि INGO/NGO का नेपाल स्थित बिज्ञ हुन! यिनिहरुको प्रभाव राजनीतिमा एकदमै छ! यिनिहरु आफुलाइ एकदमै अब्बल ठान्चन, आफ्नो कुरा सप्पै ठिक हो भन्ने भ्रममा पनि छन किनकी यिनिहरुको कुरा नेपालमा सरकार, सन्चार र बिदेशीले समेत सुन्छन! खासमा भन्ने हो भने यिनिहरु बिदेशीका लागि नेपाल नीतिका बिज्ञ, एजेन्ट पनि हुन! बिदेशीले नेपाल बारेमा बोल्न पर्यो भने यिन्कै सुचना र अध्ययन को आधारमा बोल्छन! यिनीहरुका परिवार सम्पन्न, बिदेशी कलेजमा पढेका वा छात्रवृत्ति पाएका हुन्छन! यिन्ले सन्सार पनि देखेका हुन्छन अनि नेपाल पनि तेस्तै हुनुपर्छ भन्ने यिनिहरुको सोचाइमा हुन्छ तर देशको बस्तु स्थिति देखेर पनि नदेखे झै गर्छन! खासमा अहिले नेपालमा चल्ने विद्वान र बुद्धिजीवी यिनै हुन!
३. यिनिहरु सन्चार माध्याम हुन! सन्चार माध्याम का मालिक, पत्रकार, स्तम्भकार, लेखक, साहित्यकार, इतिहासबिद भए भरका बिद्वान यिनै हुन! किनकी सन्चार माध्याम यिन्को पकडमा हुन्छ! यी बुद्धिजीवीहरुको नेताहरु, बिदेशीहरु, ब्यापारीहरु सङ एकदमै हिमचिम हुन्छ! नेता, दूतावास, ब्यापारी सप्पैले आफ्ना एजेन्डा, भनाइ र राजनीति यिनै मार्फत गर्छन! धेरै पढेका पनि छन, बिदेश घुमेका पनि छन तर आफ्नो पेशा (रोजगारी) को लागि विद्ता केही हद सम्म बेचेका छन! आफुलाइ थाहा हुदाहुदै पनि अरुका राम्रा वा नराम्रा जस्ता एजेन्डा पनि जनतामा लैजानु, फैलाउनु र प्रयोगमा ल्याउन सहयोग गर्नु यिन्को मुख्य काम हुन्छ! खासमा हाम्रो देशमा यो बुद्धिजीवी बर्ग ब्यक्तिगत लाभमा आफ्नो बिद्वता को प्रयोग संचार माध्यममा, साहित्य वा अरु कुनै माध्यमबाट जनतामा लैजान्छ र तेस्को प्रभाब बेजोडले नै परेको छ! हाम्रो नेपाली समाजमा! यो बुद्धिजीवी बर्ग येति तेज छ कि येस्मा राजनीतिक, साहितिक, इतिहासकार, आर्थिक, सामाजिक, बैज्ञानिक सप्पैखाले विविधता भएका विद्वान पाइन्छन! यो बर्गले नेपालमा सप्पै कुराको ज्ञान उत्पादन, प्रशोधन र बजारीकरण गर्न माहिर छ! खासमा येहि बर्ग हो जस्ले अरु विद्वान र बिध्वता भएका मानिसलाइ गन्दा पनि गन्दैन! तर केही येस्मा येस्ता बिव्दान पनि छन जो साच्चिकै बिज्ञ र विद्वान छन ती पैसा, मानसम्मानको लागि काम गर्दैनन् फगत आफ्नो बिद्वता बाड्छन यिनिहरु खासै चर्चामा आउदैनन भलै सञ्चार जगत यिन्को वास्तविक थलो हो!
४. यो भनेको नयाँ बर्ग हो जो अहिलेको २१ औं सताब्दीले उब्जाएको! जस्मा प्रखर विद्वान, प्रकान्ड बिद्वतता भएका देखि लिएर अर्ध शिक्षित पनि पर्छन! खासमा यो बर्ग अहिलेको चमत्कारिक आमआन्चारको बिकासले उब्जाएको बर्ग हो! यो बर्गले कुनै पनि कुरामा प्रतिक्रिया जनाइ हाल्छ! यो बर्ग धेरै हदसम्म बदनाम पनि छ खासमा सोसल मिडियामा अतिरन्जित समाचार लेख्ने, बाड्ने देखि लिएर अरुलाइ गालीगलौच गर्ने सम्म गर्न पनि पछि पर्दैन! तर येस्को सुन्दर पक्ष भनेको यो बर्ग हरेक कुरामा प्रतिक्रिया राख्छ, छलफलमा सहभागी हुन्छ, प्रश्न सोद्छ, परिवर्तनको लागि आवाज उठाउछ! यो बर्गमा खास गरि युवा बर्ग पर्छ जो सोसल मिडियामा छ! केही राजनैनिक र बैचारिक बिचलनले परिचालित भाका समुह पनि छन! यो बर्गमा बिद्वान पनि छन जस्ले माथी उल्लेखित सप्पै बुद्धिजीवीले गरेका, उठान गरेका मुद्दामा प्रमाण सहितको प्रतिक्रिया समेत गर्न सक्छन किनकी २१ औ सताब्दीको सन्चार माध्यामले सुचनाको पहुँच एकदमै ब्यापक बनाएको छ जहाँ एक साधारण ब्यक्ती पनि विद्वान बन्न सक्छ! उस्ले आफुले चाहेको सुचना र तेस्को प्रयोग केही सेकेन्डमा नै गर्न सक्ने भएको छ! खासमा केही विद्वान येस्ता छन जुन यो सुन्दर पक्षको भरपुर प्रयोग गर्दै छन! यो बर्ग ले गर्दा नै केही कहलिएका "विद्वान " जस्ले त्यो बिद्वता को टाइटल लिइराखेको थिए, केही समय देखी  एकदमै त्रसित छन! खासमा त्यो प्ररम्परागत बर्गले यो नया बर्गलाइ देखि सहन्न र खासमा यो बर्गलाइ बदनाम गर्ने पनि तिनै परंरागत विद्वान बर्ग नै हुन! जस्को रोजिरोटिमा प्रत्यक्ष र अप्रत्यक्ष हमाला गर्ने विद्वान/अर्ध विद्वान बर्ग येहि हो! हालैका केही घटना लिने हो भने सोसल मेडियामा भएका येस्ता युवा पंक्तिले परंरागत र आफ्नो सिमित बिद्वता प्रयोग गरेर देशमा उब्जाएको कथित भ्रम चिर्न सफल पनि भएका छन भलै उनीहरुको बदनामी गर्न नेशनलिस्ट ट्याग किन नदिइएको होस! यो बर्ग येति सक्रिय छ कि अहिले देशमा कुनै पनि मै हु भन्ने विद्वानले उठान गरेका एजेन्डामा कारण/परिणाम र प्रमाण सहित प्रस्न गर्न सक्ने क्षमता राख्छ!  केही ब्यक्तिगत र राजनीतिक लाभका आधारमा सक्रिय भाका छन!

(यी मेरा ब्यतिगत बिचार हुन!भाषामा केही कमजोरी भएका छन मैले युनिकोड प्रयोग गरेको हुनाले! बिनम्र माफी चाहान्छु- दिपक पौडेल)

Comments

  1. दिपक दाईको टुईटरबाट ब्लग पत्ता लगाएर पहिलो लेखको रुपमा यो लेख पढेँ। खासमा अर्थशास्त्रको विषयमा लेख भेट्याउने अपेक्षा थियो, जुन पुरा हुन पाएन। यो लेख अलि आत्मपरक खालको भएकाले लेखप्रति मेरो कुनै प्रतिक्रिया छैन्। आगामी दिनमा आर्थिक विषयका लेख पढ्न पाईयोस् भन्ने अपेक्षा राख्दछु। धन्यवाद।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

एक पटक को नेपाली संधै को नेपाली!

किन खुल्दैन तातोपानी नाका ?

Kevin Rudd: How we staved off recession and the GFC