ओर्लिनुस महाराज!
दिपक पौडेल
२०४५/४६ मलाई खासै मिति त याद भएन तर म दुई कक्षामा पढ्ने थिए होला सायद! देबिस्थान प्राबि मा हाम्रा गुरुहरुले श्री ५ महाराज धिराजको जय! महारानीको जय! भन्दै त्यो घाममा स्याङ्जाको बाड्खोला भन्ने ठाउको चौरमा राजारानिको सवारी देखाउन लगेको! हामी सप्पै स्कुलका विद्यार्थी थियौं! मलाई अझै पनि याद आउँछ त्यो धुलो उडाउदै मलाइ नै उडाउला झै गरि बसेको हेलिकप्टर! तेस्को केही क्षणमा गुन्जिएको जयजयकार! श्री ५ को जय जय....राजा तेहाको सिँहाशानमा बसे पछि हामीले टाढाबाट देखेको त्यो एकदमै गोरो अनुहार साथमा रानी पनि मैले कहिले भुलेको छैन! सायद तेहि नै राजा बिरेन्द्र र रानीको अन्तिम दर्शन थियो होला मेरो लागि!
कलेज पढ्ने भएर काठमाडौमा आउदा त राजाको सवारी हुँदा पुरै बाटो नै खालि गराइन्थ्यो हामीलाइ हिड्न पनि दिइदैन थियो त्यसैले कहिले देख्न पाइएन हाम्रा दुर्लभ राजारानीलाइ! अहिले इतिहासमा मात्रै छन अब!
कलेजका दिनहरुमा राजनीतिमा चासो हुन्थ्यो तर कहिले पनि सक्रियता देखाइएन तर एमाले र काङ्ग्रेसको घमासान हुने त्यो बेला मैले मदन भन्डारीको केही भाषण क्यासेटमा सुनेको थिए "महाराज राजनीति गर्ने हो भने श्रीपेच फुकालेर मैदानमा आइबक्सियोस" तर मदन भन्डारी मरेर गए, राजा पनि मरेर गए तर मैदानमा श्रीपेच फुकालेर कोहि आएनन!
ठुला ठुला परिवर्तन भए देशमा र अहिले जनताका छोराछोरी रास्ट्रपति पनि बनी सके! ठुला ठुला नेता जन्माइयो तर कहिले देख्न नै पाइएन! खासगरि नजिकै देख्ने रहर कहिले पूरा हुनै सकेन! न हामी कुनै पार्टीको नेताका नातेदार थियौं, न हामी कुनै धनि ब्यापारीका सन्तान, न कुनै शक्तिशाली पद धारण गरेकाका सन्तान!
सबै नेपालीले भोगेको नियती भोग्दै म पनि बिदेश लागे! सुरुमा त अस्ट्रेलिया अनौठो लाग्ने नै भयो तर बिस्तारै येहाको रहनसहन, राजनीति र ब्यबहारिक पक्ष बारे ज्ञान हुन थाल्यो! केही राजनीतिक कुरा पनि बुझ्न थाले!
तेहि बसाइकै क्रममा ४ बर्ष पछि म र भाइ नेपाल जादै थियौ र हाम्रो ट्रान्जिट सिङापुर थियो! नेपाल धेरै पछि जादै गर्दा कहिले जहाज उड्ला र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुग्ला भन्ने मात्रै ध्यान थियो आफ्नो! सप्पै यात्रु चढि सके पछि बिमान परिचालिकाले भिआइपि आउदै छन एकछिन कुर्नुपर्ने भनिन! हामी को रहेछ भनेर हाम्रो इकोनोमीबाट त्यो सानो बिमानमा देखिने बिजनेश क्लासमा आँखा लागाइ रहौं ...केही बेरमा एक हुल नेपालीहरु पसे तिनिहरुमा एक जना एकदमै सुकिलो, अग्लो अनि चमकदार कोहि एकदमै खास महानुभाब देखिए! थिए- गिरिजाप्रसाद कोइराला! मैले नजिकबाट कहिले देखेको थिएन! उहाँ बिरामी भएर उपचार गरि स्वदेश फिर्दै हुनुदोरहेछ हामी एउटै बिमानमा! मनमनै याद आयो बाल्यकालमा राजारानीको सुकिलो अनुहार फेरि! सोचे ठुला मान्छे राम्रा पनि हुँदा रहेछन! मनमा एकदमै खुसी, अचम्म, धन्य लाग्यो आफू त्यो जहाजमा भएकोमा! साच्चिकै मैले कुनै पनि तेत्ती ठूलो नेता धेरै नजिकबाट आजसम्म देखेको उनी नै हुन! अरुलाइ देख्न पाएको छैन! जहाजमा अरु गन्यमान्य पनि थिए शेखर कोइराला, सुजाता र अरु पनि! म त होल्सेल मै भाग्यमानी सम्झिदै थिएँ आफुलाइ!
जब जहाज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा रोक्यो अनि तेहा एकदमै चहलपहल भयो! हामिलाइ जहाज भित्र नै रोकियो! पछाडी हामी संगै नेपाल घुम्न आएका केही अस्ट्रेलियाका पर्यटक भन्दै थिए "यो को हो? के भै राको छ? आफ्नै लबजमा एउटाले गाली पनि गर्दै थियो! मैले झ्यालबाट हेर्दा सधैं झै ऋषि धमला दौडिएको देखें, लावालस्कर, आर्मी, पुलिस को को हुन को को! अघिसम्म साधारण यात्रु अहिले एक्कै पटक महाराज जस्तै! खैर उनि एकदमै ठुला नेता थिए नेपालका!
नेपालबाट फर्किएपछि एकदिन तरकारी किन्नको लागि येहाँ सिड्नीको तरकारी बजार (नेपालको कालिमाटी जस्तै) मा जाँदै थिए! केही टेलिभिजन क्यामरा, केही पुलिसकार देखे अनि के रहेछ भन्ने लागेर हेरेको त अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम ट्रम्बेल रहेछन! उनी तेहा आफ्नो पार्टिका केही नेता संगै आएका रहेछन! तरकारी व्यापारीसङै भलाकुसारी गर्दै थिए! खासै भिड थिएन, केही सेल्फी, केहि कुराकानी भै राखेको थियो अरु आफ्नो ब्यापार गर्दै थिए! कार्यक्रम गर्दैगर्दा एउटालाई सार्है रिस उठेछ उस्ले सिधै नामै काडेर गाली गर्यो माल्कमलाइ, उनी फिस्स हासे! अनि एक्छिनमा हिडे! सामान्य! कस्तो अचम्म परे म! येत्रो देशको प्रधानमन्त्री पनि बाटोमा नै भेटिने बा! यिन्लाइ कसैले केही गर्दैन रहेछ! न सडक जाम, न साइरन, न लावाल्स्कर, न पुलिसको हुल..कति सामन्य अझै एक किलो स्याउ किनेर आफै पैसा तिर्दै आफै बोकेर गए! म छक्कै परें!
अनि फेरि केही दिनमा टेलिभिजनमा हेरें हाम्री रास्ट्रपति बिधा भन्डारी सरकारको नीति तथा कार्यक्रममा जाने कार्यक्रम रहेछ! काठमाडौका सडक पुरै खाली गराइएको थियो! मलाइ पहिले आफू कलेज पढ्ने बेला राजारानीको सवारीको याद आयो! हामिलाइ बाटोमा हिड्न पनि दिइन्थेन! खै अहिलेसम्म उस्तै रहेछ!
तेस्को केही दिनपछि फेरि टेलिभिजनमा हाम्रो प्रधानमन्त्री देउबा ज्युको जनतासङ प्रत्यक्ष साक्षातकार कार्यक्रम बिबिसी नेपाली सेवामा हेर्न पाइयो! जनताले त सिधा सिधा प्रस्न सोथ्ने भै सकेछन! अझै युवाहरु त नडाराइ सोध्ने रहेछन भलै देउबालाइ त्यो मन नपरे पनि! खुशी लाग्यो जनता रैतीबाट अलिकति जनता भएका चाहिँ रहेछन! दुर्लभ त्यो फोरमको भरपुर प्रयोग गरे जनताले! रिस पोखे, उदास भए जे होस क्षणको प्रयोग गरे!
म र मेरो सानी छोरी एक किसिमका साथी जस्तै छौं! मलाइ उनी सङै बसेर उन्को कार्टुन हेर्न मन पर्छ अनि उनी साँझको ६ बजेको समाचार हेर्न मलाइ सधैं दिन्छिन! बाबा! हजुर्को न्युज आयो! अनि संगै बसेर हेर्छिन! खासमा बच्चालाई बच्चा सम्बन्धि केही कुरा टेलिभिजनमा आयो भने खुबै चासो हुने रहेछ! समाचार थियो येहाका प्रधानमन्त्री कुनै सानो स्कुलमा गएर बच्चा सङ कथा भन्दै आफ्ना ब्यक्तिगत कुराहरु भन्ने! खासमा येहाँका नेताहरु स्कुल, पार्क, कलकारखानमा खुबै जान्छन अनि मानिसहरु सङ प्रत्यक्ष कुराकानी गर्न! सप्पै बच्चाले आफ्ना बा, आमा, दाजुभाइ, दिदिबहिनी देखि लिएर आफ्ना कुरा राख्दै थिए! येत्तिकैमा एकजना नानिले सोधिन "Tell us about your childhood Mr PM" अनि प्रधानमन्त्रीले आफ्ना बाल्यकालका कुरा भन्दै थिए तर उनी एकदमै भावुक बने किनकी उनकि आमा सानोमा उन्लाइ छाडेर हिडेकि रहिछिन! सप्पै बच्चाहरु अलि निराश भए तर फेरि प्रधानमन्त्रीले जोक भनेर हँसाए किनकी उनी साना बालबालिका दुखित भाको हेर्न चाहान्न थे! मेरो छोरीले सोधिन मलाइ "बाबा त्यो ठूलो मान्छे को हो? किन रोएको?" मैले भने "प्रधानमन्त्री" तर उन्ले बुझिनन! अनि मैले भने उन्कि आमा सानोमा हराको रे! छोरी निराश भइन! मैले भने उ! तिम्री ममि येहि हुनुन्छ किन दु:ख मानेको! उनी हाँसिन!
मैले माथिका प्रशङ्ग किन राखेको भने सोचौं त एक पटक हामीले कति आन्दोलन गर्यौ, कति असमानताका कुरा सुन्यौं, कति लड्यौ तर हाम्रो देशमा राजा, नेता र राजनेताको र हामी जनताको बिचको दुरि येति धेरै किन? मलाइ खासमा अचम्म के मानेमा लाग्छ भने हामी येति सानो मुलुकमा बस्ने जनता, नेता, राजा तर हाम्रो बिचमा किन यत्रो पहाड? किन हामी हाम्रा ठुला नेतासङ देख्न, भेट्न, बोल्न पाउदैनौ? ब्यबस्थाहरु परिवर्तन भए धेरै तर हाम्रो समाज, नेता कहिले पनि परिवर्तन भएनन! हामिले अहिलेसम्म कुनै नेता स्कुलमा, कलेजमा, कसैको घरमा गएको देखेका छैनौ! गएपनी एकदमै औपचारिकता, हुल, माला, नारा आदि आदि! हामि जहिले पनि युवा राजनीतिमा आएनन, युवा पालयन भए, युवा राजनीतिलाई घृणा गर्छन भन्छौ तर हामी कहिले पनि राजनीति, नेता र जनता बिचको दुरिको पारेमा कुरै गरेनौं! हाम्रा रास्ट्रपतिलाई रोडै खाली गरेर राजा सरि हिन्नु पर्ने अस्ट्रेलियाका प्रधानमन्त्री जस्का आर्मी सिसिया, अफ्गानिस्तान, इराकमा लडिरहेका छन, यिनिहरुलाइ जति सुरक्षा चासो कसैलाई छैन तर किन बाटोमा भेटिन्छन? हाम्रा प्रधानमन्त्री जनताले प्रस्न गर्दा रिसाउछन तर यिनिहरु पार्क, बार, चिया/कफि पसलमा जनता सङ किन भेटिन्छन? हाम्रा कुनै नेता कहिले स्कुलमा जान्छन? कहिले बिद्यार्थीसङ कुरा गर्छन? हामिलाइ किन सधैं रैती नै बनाउने नेता ज्युहरु? हामी सङ बस्न हुदैन, सङै चिया पिउन हुदैन, सङै घुम्न जान हुदैन? भर्खरै देउबा ज्यु हप्ता दिन आफ्नो गाउँमा बिताउनु भयो तर खै जनता सङ गएको? खाली आफ्नै कार्यकर्ता, कारिन्दाले घेरिएको मात्रै देखिने? छाउपडीले तेत्रो आतंक मचाएको छ खै प्रधानमन्त्री आफ्नो गाउँमा गएर ती नानीहरू सङ कुरा गरेको? मलाई अचम्म त त्यो बेला लाग्दैन कि येदि कोहि चम्चाले छाउपडी पिडितलाइ सिंहदरबारमा बोलाएर भेटाउन! राउटेलाइ त जङ्गलबाट ल्याएर भेटाए! केपी वलिलाइ तराइ मन नपराउने नेता भनेर भन्दै छन खै वलि ज्यु सर्लाहीको स्कुलमा, कलेजमा, गाउमा? खै जनता सङ बोलेको, बसेको, खाएको! गत बर्ष नै होला बेलायतका राजकुमार ह्यारी आएको उन्लाइ त्यो औपचारिकता मन नपरेर कुनै गाउँमा गएर काम गरेको! उन्लाइ देखाउन थिएन! हिरो बन्नु थिएन, खाली जनता सङ सम्बन्ध गास्नु थियो! हाम्रा नेता अहिलेसम्म कुनै सामाजिक काममा गएको देख्नु भाको छ? बाडिपिडितलाइ भेट्न जादा माला, कार्यक्रममा जादा जनताले बोकेर नदि तार्ने? यो के हो नेता ज्यु?
ओर्लिनुस सिंहासानबाट!! जानुस जनताकोमा! पराइ नहुनुस! रैती नबनाउनुस! त्यो चाप्लुसी, दासि घेराबाट बाहिर आउनुस! ओर्लनुस महाराज!
(युनिकोडमा मोबाईलबाट टाइप गरेको हुँदा भाषामा त्रुटि छन तेस्को लागि माफी चाहान्छु! सुधार्ने प्रयास गर्ने छु आर्को लेखमा)
Comments
Post a Comment