रबिन्द्र मिश्र सङ सेल्फी!



दिपक पौडेल


बिदेशिएको पनि १२ बर्ष नाघेछ! स्कुलका ति दिन थिए जतिबेला हामी क्लासमा सप्पै जाति र थरिका विद्यार्थी थियौं! हामी तेस्तो सर्कारी स्कुलमा जहाँ जहिले ७०-८० जाना एसएलसि दिदा मुस्किलले १० जना नि पास हुन्थेनन भलै हाम्रो स्कुल सदरमुकामको मुख्य सर्कारी स्कुल थियो! क्लासमा बस्दा सरहरुले जहिले पहिलो बेन्चमा बस्ने अब्बल सायद डाक्टर, इन्जिनियर! बिचमा बस्ने सायद अब्बल कर्मचारी र लास्टा बस्ने लाहुरे, हाउडे अनि बिदेश जान्छन भन्थे! तेहि भएर हरेक बिहान को पहिलो बेन्चमा बस्ने भन्ने हानाथाप नै हुने गर्थ्यो! म चाहिँ दोश्रो र तेस्रो बेन्चमा बस्थे र अलि अलि जान्ने टोपलिएको थिए भनम!
दिन बित्त्दै गए, हाम्रो बेलाको एसएलसिमा धेरै पास भए! कोहि फस्ट कोहि सेकेन्ड! कलेजका दिन आए सप्पै आ-आफ्नो पढाइमा लागे! म भने पहिले देखि नै सर्कारी जागिर खाने (जो स्याङ्जाको एउटा मुख्य सफलता पनि हो) भन्ने थियो! कलेज पढिरहेका बेला लोकसेवा दिन मन लागेको थियो एकपटक ! लोकसेवा भवन अगाडि गएको फारम लिनेको लाइन देखेर नै दिक्क लाग्यो अनि सकिने रहेनछ भन्ने लाग्यो त्यसपछि त्यो लोकसेवा मबाट परलोक नै भयो!
देश अशान्त थियो, घर गए आर्मी दाइभाइ नदेखेको अनुहार देखे सिधै केरकार गर्थे, आँटिमा बुट लगाउदै कथित क्रान्तिकारी खोज्दै हिड्थे! बिरक्त लागेको बेला बिदेश जाने बाहेक अरु त उपाय र सोचाइ पनि आएन! पासपोर्ट बनाउन जाँदै भोज खुवाउन भन्थे फेरि! बिदेशमा फल्ने नै होला पैसा भन्ने त मलाई मात्रै हैन सप्पैलाइ लाग्ने नै थियो! हिंडियो बिदेश तिर! सरले भनेका हाउडे बरु देशमा केही गरेका छन कोहि प्रोफेसर नै हुन लागे हामी कथित अब्बल लागियो बिदेश! आजकल आमालाई फोन गर्दा नि भन्ने गर्नुहुन्छ बरु नपढाको भए येहि बस्ने रहेछौ बुढेसकालमा सप्पै हिंड्यौ! आमालाइ आज्कल लाग्छ पढेर अबसरको खोजीमा बिदेश लाग्ने ले पैसा त कमाए, जिन्दगी केही सजिलोसँग जिए होलान तर माया, ममता र देश छाडी गए! आमालाइ बरु अरब जाने को आश छ किनकी केही समय पछि ती फर्की आउछन तर अल्लि धेरै पढेका म जस्ता अब आउदैनन! सायद नेपालले अब धेरै गुमाइ सक्यो!
मैले यी सप्पै माथिका कुराहरु किन भन्दै छु भने अहिले हाम्रा चिरपरिचित डा जो देश बिदेशमा परेको बेला आफ्नो खल्ती रित्तै बनाइ हिड्ने सन्त अब आउने पिढिको लागि अनसनमा हुनुन्छ! त्यो पनि ११ औं पटक! अस्ति एक्यवद्धता जाहेर गर्ने र्याली पनि भाको थियो! सामाजिक संजालमा धेरै सेल्फी पनि देखिए! तेस्मा कोहि तिनै थिए जो देश बनाउछु भन्दै जनतालाइ उनैले भनेको उन्मुक्ति को क्रान्ति र आन्दोलनमा होम्ने अनि अन्तकालमा तिनै सपुतलाइ पासपोर्ट बनाउन बाध्य बनाइ ५० डिग्रीको रेगिस्तानमा बेल्चा समाउन पठाउने! केहि युवा जो देश मै अब केही गर्नुपर्छ भन्ने र केही अब समाजै फेरर्छु भनेर कुवा फ़ोहोर भयो भनेर पाखामा बस्ने हैन आफै कुदेर सफा गर्छु भन्ने- रबिन्द्र मिश्र! कसैले कोहि राम्रो काम गर्छ भने स्वतन्त्र नागरिकको हैसियतले समर्थन र बिरोध गर्न पाउनु स्वतन्त्र नैशर्गिक अधिकार पनि हो! तर अस्ति जसरी मिश्र ज्यु सङै सेल्फिका तस्बिर आए तेस्मा मलाइ खासै आशा चाहिँ लागेन! बिबेकशील र साझा एक्कै ठाउँमा आएसी रबिन्द्र दाइको ओज बढेको छ र म जस्तो बाहिर बसेर आशा गर्नेको पनि केही आशा पलाएको छ तर देशमा परिवर्तन गर्न मेरो आमाले चिन्ने पार्टी हुनुपर्छ भन्ने मेरो मान्यता हो! मलाई कुनै संका छैन रबिन्द्र र उज्ज्वल दाइको क्षमतामा तर जुन तरिकाको सुरुवात भएको छ मलाइ कुनै आशा लागेको छैन! मलाइ भन्न कुनै हिच्किचाहट छैन कि तिनै सेल्फी लिने भाइ बहिनीले त्यो र्याली पछि बागबजारमा खुलेका बिदेश पठाउने कन्सल्टेन्सी धाए होलान! तेस्मा के गर्व गरुँ खै दाइ हरु! आजकल मेरो फेस्बुक को मेस्सेन्जर र भाइबरमा आउने सप्पै खबरहरु तिनै भाइबहिनीका हुन्छन जो भर्खरै १२ कक्षा पास गरेका! देशमा बस्न कसैलाइ मनै छैन! हजुहरुको राजनीति अब युवाहरूलाई आकर्षण गर्न त होला तर तिनीहरुले परिवर्तन गर्न सक्ने युग सक्की सक्यो! ५० लाख युवा बाहिरिएको देशमा युवाको साथले मात्रै परिवर्तन गर्छु भन्ने अब सपना बाहेक केही रहेन! मेरो आमाले तपाईहरुलाइ चिन्नु हुन्न, मेरो आमाले चिन्ने कि रुख हो कि सुर्जे! भोट हाल्ने मेरो आमा मात्रै हुनुन्छ! हामी सप्पै बिदेश लाग्यौं! हामी अब फेरि परिवर्तन आमाबाट नै खोजेका छौँ!
सेल्फी खिचेकोमा मलाइ कुनै ईष्र्या छदैछैन दाइहरु! खासमा भन्न खोजेको तपाईं को मिसन के हो? के तपाइँ सहर मै बस्ने हो? तेहि सेल्फी लिने हो? तिनै फेस्बुकमा राजनीति गर्ने हो? कि मेरो आमाको गाउँमा जाने हो, तिन्लाइ सोध्ने हो! तिन्लाइ भन्ने हो कि तिम्रा सन्तान त आएनन हामी आयौं! गोबिन्द केसिको नाम नसुन्ने अब कोहि रहेनन! गोबिन्द केसिले माग गरेको पनि तेहि हो! गरिब र सक्नेले पढ्न सकुन,पढेका बसुन, चिकित्सा पढ्नु सपना नहोस! तर जबजब केसि सर आफ्नो ज्यान बाजि राखेर अनशन बस्छन हजुरहरुका कार्यकर्ता ब्यानर, मोबाईल र माइक लिएर सडकमा आउछन अनि फेरि सरकार एकपटक ढाँट्छ, केसि सर अनशन तोड्छन अनि कसैले मतलबै गर्दैनन! खासमा नयाँ पार्टीको आफ्नो भन्ने के हो? खै तपाइको आफ्नो योजना के हो? स्वास्थ क्षेत्रमा के हो हजुर्को योजना? अब कसि सरको भोकमा आफ्नो अनुहार देखाउने पहिलेका रक्त क्रान्तिकारी र मिश्र सर के फरक देखौ हामी?
दाइहरु! अब गाउँमा गएर सेल्फि लिने कि?

Comments

Popular posts from this blog

एक पटक को नेपाली संधै को नेपाली!

किन खुल्दैन तातोपानी नाका ?

Kevin Rudd: How we staved off recession and the GFC