पाकेटमा जनता!
दिपक पौडेल
भर्खरै भएको स्थानिय चुनाबमा कति ठाउँमा प्रत्यासित र कति अप्रत्याशित नतिजाहरु आए! पार्टीले कति ठाउँमा अन्तर्घात भने कतिलाइ कस्ले हराए भने! खासमा चुरो कुरो के रहेछ भने हाम्रा पार्टी र नेताले जनता आफ्नो पाकेट मै भएको सोच्ने रहेछन र जनता तेस्तै रहेछन धेरै हद सम्म!
विकसित देशहरुमा पनि खासमा अनुमान (खास गरि पोलिङ) मिल्ने गर्छ तर को जनताले अन्तिममा कसरी भोट हाल्छ भन्ने भबिस्यबाणी कसैले गर्न सक्दैन! जनतमा खास परिवर्तन त्यो बेला हुन्छ जब नेता अनि तिन्को पार्टीको आधिकारिक एजेन्डाले जनतामा प्रत्यक्ष असर गर्छ! अनि त्यो बुझाउन सक्ने नेता नै वास्तविक नेता हुन्छ त्यो पनि अन्तिम समयसम्म! जसको उदाहरण भर्खरै सम्पन्न बेलायती सन्सदको चुनाब! कन्जरभेटिभकि थिरिसा मे ले आफ्नो पोलिङ हेरेर २०% लिड गरेको र धेरै भन्दा धेरै जनमत पाउने आशामा अप्रत्याशित चुनाब गरेकी थिइन तर खासमा लेबरका कोर्बिनले बाजि मारे किनकी उन्को एजेन्डा युवामा एकदमै रुचाइए भलै उन्ले सरकार बनाउने जति जितेनन तर भनिन्छ उनी आर्को चुनाब सम्म रहे भने नराम्ररी हारेको लेबर फेरि आउनेछ! उनी चुनाब आउने अन्तिम हप्ता सम्म एकदमै रुचाइए! तेस्तै अमेरिकी रास्ट्रपति चुनाबमा CNN देखि लिएर सप्पै पहिलो दर्जाका मिडियाले हिलारीले जित्छिन भन्थे तर नतिजा उल्टो आयो! तेस्तै brexit पनि रहनेले जित्छ भन्थे जितेन!
नेपालको सन्दर्भ भने फरक हुने रहेछ! म सङ स्याङ्जाको मेयरको चुनाबमा मतगणना हुने बेला रबिन भाइ तर्क बितर्क गरिराख्थे ! उन्ले भन्थे दाइ येहा अन्तर्घात भयो! मलाई चुनाबमा जनताले गोप्य गर्ने मतदानमा अन्तर्घात भन्ने शब्द देखि नै रिस उठ्थ्यो किनकी जनताले आफ्नो स्वबिबेक प्रयोगमा ल्याउदा के को अन्तर्घात? सायद म अलिकति गलत रहेछु कि? सायद मेरो सोचाइ नै पो केही गलत रहेछ कि? अहिले सोच्दै छु! राजनीतिमा धेरै चासो राख्ने ब्यक्ति देखि लिएर पत्रकार, राजनीतिज्ञले समेत भन्ने गरेको यो "अन्तर्घात" भन्ने के रहेछ त नेपाल मा?
कुरा धेरै नै फरक हुने रहेछ हाम्रो देशमा! खासगरि नेता र तेहाका कार्यकर्ताले जनताको भोट ब्यक्ति-ब्यक्ति, टोल-टोल, गाउँ-गाउँ आफ्नो कति आर्काको कति भन्ने प्रस्ट नै थाहा पाउने रहेछन वा अनुमान सहि गर्ने रहेछन! भोट गन्दै गर्दा छाप लगाको नै हेरेर यो हाम्रो भोट, हाम्लाइ हालेनन सम्म भन्न सक्ने रहेछन! धेरै हद सम्म सहि रहेचन उनिहरु! खासमा जनता जहिले पनि यिनिहरुको पाकेटमा नै हुने रहेछन अनि कामकुरो पनि तेहि मिलाएर हुने रहेछ, त्यहाँबाट भोट आएन भने कुरो बिग्रीने रहेछ! कोहि अन्तर्घाती हुने तेहिबाट रहेछ!
तेसो भए के नेपाली जनतामा राजनीतिक चेतना कम भएकोले हो? खासमा हैन! मैले पहिले पनि भन्दै आइरहेको छु कि नेपाली जनतामा जति राजनीतिक चेतना अरु देशका जनतामा बिरलै छ! कारण के हो त तेस्तो नेताकै पाकेट मा आफ्नो भोट हाल्नु पर्ने? १. पुरातनवादी राजनीतिक आस्था (पुरानो पाला देखि जस्तै काङ्रेसी, कम्युनिस्ट परिवार) २. नेता मोह ३. राजनीतिक लाभ को आशा ४. नेता र पार्टीको राजनीतिक शक्ति, श्रोत र तेस्को उपयोग/दुरुपयोग ५. शिक्षित युवा पलाएन र बाँकीमा अशिक्षा! अहिले भएको चुनाबमा खास गरि काठमाडौ बाहेक बाँकी कहि पनि कुनै हेरफेर आएन! जहाँ पहिले देखि उनैका थिए, तिनैले जिते भलै केही पार्टीको धेरै र थोरै आए होलान तर पुरै नयाँ वा पुरै परिवर्तन केही भएन!
कुरा गरौं भरतपुरको! एमालेका देबि ज्ञवालीली जित्ने भएसी माओवादीका कार्यकर्ताले यस्तो कडा अनुमान गरेकी त्यो सायदै न कसैले सोचेको थियो न कसैले बुझ्ने थियो! तर योजना एकदमै प्रायोजित थियो! कानुन को छिद्र छिद्र केलाएर कोहि विद्वानले नै बनाएको थियो त्यो योजना जस्को प्रयोग र परिणाम उनीहरुको मुताबिक नै भयो! यस्ले अब नेपाली राजनीतिक इतिहासमा एउटा नयाँ पाटो सुरु गर्यो! प्रचण्ड चतुर खेलाडी हुन भन्ने कुनै संका नै रहेन! ज्ञानेन्द्रका छोरा पारस भन्दा बद्नाम प्रकाशलाई राजनीतिमा ल्याउन तेत्ती सजिलो थिएन प्रचण्डलाई र उन्ले बुझेका छन जसरी ज्ञानेन्द्रले जबर्जस्त पारसलाइ ल्याउन खोजे तेस्को परिणाम कस्तो भयो! रेणु दाहाल एउटा युवा महिला त छदै छिन त्यो माथी उन्को बारेमा खासै केही तेस्तो नराम्रो पनि छैन बजारमा! कोइरालाको बिरासत समाप्त हुनै लागेको बेला मौकामा चौका हान्दै काङ्ग्रेसको प्रायोजनमा नै आफ्नो परिवारलाई राजनीतिमा स्थापित गराउन प्रचण्ड सफल भए तर भबिस्य के होला त्यो हेर्न बाकी नै छ! यस्मा जनतालाइ पाकेटमा नै राख्न कसरी सफल भए भन्ने पनि हो! भरतपुरको १९ को नतिजा नै मुख्य थियो र रह्यो! पाकेटमा जनतालाइ राखेर प्रयोग गरियो! केहिले कानुनमा रहि सर्बोच्च अदालतले गरेको निर्णय अब जनताले सच्याउछन भन्थे सायद तिनीहरुलाई थाहा थिएन तर प्रचण्डलाई थाहा थियो किनकी जनता तिनै हुन!
अब कुरो गरौ डा. केसि को! मलाइ डा. केसि जस्तो ब्यक्तिको इमान, प्रतिस्ठा र उधेस्यमा कुनै खोट र संका नै छैन! उन्का सप्पै मागमा सप्पै सहमत हुनुपर्छ भन्ने पनि छैन! उनले उठाएका मुल कुरा सहि छन! माफियातन्त्रले गाँजेको जताततै! सन्त डा ११ औं पटक अनसन बस्नुपर्ने किन? किनकी नेतालाइ जनतासङ खासै डर नै छैन! किनकी नेतालाइ चुनाब कसरी जित्न पर्छ, चुनाबको बेला के गर्न पर्छ भन्ने राम्रोसँग थाहा छ! हाम्रोमा धेरै कुराहरु भए तर जनमत तेहि को तेहि भयो! हेर्नुस त बिगत १२ महिनामा केके भए? विकसित देश भाको भए कति पार्टी र नेता अहिले निबृत्त भै सक्थे! यस्तोमा डा केसि जीवन नै अर्पण गरे पनि यिनिहरुबाट केही आशा गर्नु बेकार छ अब! तेस्तै नयाँ पार्टीहरुमा पनि यो लागू हुन्छ जुन अहिलेको चुनाबमा देखि सकिएको छ! जबसम्म शिक्षित र वास्तविक परिवर्तनका सम्भाहक युवा पलाएन हुनको लागि केशरमहल शिक्षा मन्त्रालय र तेस्कै आगाडिको परराष्ट्र मन्त्रालयमा लाइनमा हुन्छन तबसम्म देशमा परिवर्तन र लोकतान्त्रिक/कल्याणकारी राज्यको सपना नदेखेको राम्रो! देश बचाउन छ भने अब आर्थिक क्रान्ति गरि युवा रोक तेस्ले राजनीति पनि परिवर्तन गरिदिन्छ! युवालाइ पाकेटमा राख्न अलिकति मुस्किल पनि हुन्छ! नपत्याए काठमाडौको चुनाब हेर! परिवर्तन हाम्रै पालामा सम्भव छ यदि देशमा रह्यौं भने!
अस्तु!

Comments
Post a Comment