गठबन्धन, अर्थतन्त्र र आत्तिएको काङ्रेस!
भर्खरै नेपाली राजनीतिमा एउटा ठूलो उथलपुथल भयो जब अहिलेको सरकारको गठबन्धन साझेदार माओवादी एकाएक विपक्षी एमाले सङ्गै आउने प्रदेश र केन्द्रिय चुनावमा गठबन्धन मात्रै हैन पार्टी नै मिसाउने भनेर गयो! यो पछिल्लो घटनाक्रमले राजनीति मात्रै हैन आर्थिक क्षेत्रमा पनि धेरै नै हलचल पैदा गरेको छ! खास गरि खुला अर्थतन्त्र आफ्नै पेवा मात्रै हो भन्ने काङ्ग्रेस र त्यसमा आशा, भरोसा र राजनीतिक, आर्थिक फाइदा लिने जमातमा! तर खाँटि कुरा के छ भने नेपालको व्यावसायिक जगतले भने भित्री रुपमा यो पछिल्लो ध्रुवीकरणलाई मौन समर्थन गरेको छ! कुनै पनि व्यावसायी देशमा स्थिर सरकार र स्थिर राजनीति चाहन्छ! कुनै पनि लगानीकर्ताको लागि राजनीति स्थिरता, कानुन र त्यहाँको बजार, पुँजी, श्रम आदि महत्त्वपूर्ण कुराहरु हुन! पछिल्लो समय भएको राजनीतिक ध्रुवीकरणले एमाले-माओवादी मात्रै हैन काङ्ग्रेसको तिर पनि एक समीकरण बनेको छ! आशा छ दुबै तिरका समीकरण बलिया हुन र राज्यको संचालन मिलेर नै होस! जुन ब्यबस्था हामी अपनाउन गइरहेको छौं त्यसबाट सामन्यतया अब बहुमत प्राप्त गर्ने एक दल हुन निकै मुस्किल छ र यो समीकरणको सुत्रपात गर्ने एमाले र माओवादी धन्यवादका पात्र छन!
काङ्रेस किन आत्तियो?
पछिल्लो स्थानीय चुनाबमा जुन हिसाबले मत बिभाजन भयो त्यो हेर्दा काङ्ग्रेस नआत्तिने कुरै भएन! खास गरि एकदमै कम भोट आउने आशा गरेको माओवादीले पनि राम्रै मत ल्याएर दरिलो तेस्रो शक्ति हुनु र तराईमा त्यहाँका पार्टीको बर्चस्व हुनुले काङ्ग्रेस एक्दमै हतास देखिन्छ! काङ्ग्रेसको खास आधार भनेको नै तराइ हो जुन उ सङ् छैन अहिले! पहिलो पार्टी र तेस्रो मिल्दा दोश्रोलाई टाउको दुख्नु सामान्य हो! पछिल्लो पटक देउबा, गगन थापा, निधीका अभिव्यक्तिबाट नै पत्ता लाग्छ कि काङ्ग्रेस भित्र कति खैलाबैला भएको छ भन्ने! खासगरि मुलधारका नेपाली मिडियामा दिनदिनै को अगाडी को पछाडी भन्ने विश्लेषण आउँदा काङ्ग्रेसको निन्द्रा गुमेकै छ! तेसैको फलस्वरूप काङ्रेस अब नयाँ र आकर्षक हैन पहिलेकै तेहि "हौवा" नारामा र गालिगलौज मा फर्केको छ जस्तोकी "गगनले साझा सवालमा भने अब कम्युनिस्ट नभै बाँच्न पाइदैन"! देउबाले दिन दिनै भन्दै छन "अधिनायकवाद अब कम्युनिस्टले ल्याउछ, रुन नि पाइन्न बाबा!" खासमा काङ्ग्रेस आत्तिएका कारण आर्थिक मुद्दा पनि छन! जब एमाले मदन भन्डारी मार्फत बहुदलीय जनबाद र माओवादी खुला राजनीतिमा आयो तेसपछि अब कुबै शंका रहेन कि यी दुई पार्टी कम्युनिस्ट भन्ने ब्रान्ड बोके पनि खासमा समाजबादि पार्टी नै हुन जो लेफ्ट भनेर पस्चिमा मुलुकमा चिनिन्छन! काङ्ग्रेसको आधारभुत सिधाान्त र जननेता बिपिको आदर्श पनि "समाजबाद" नै हो र काङ्रेस भलै पुँजीवादी देखिएपनी लेफ्ट नै हो र आफ्नो मुल एजेन्डा नै आर्को पार्टीको भएसी काङ्ग्रेसको अस्तित्व पहिलोपटक संकटमा परेको ज्ञान नेताहरू सप्पैलाइ छ!
गठबन्धनले सुधार गर्नुपर्ने र मेट्नुपर्ने शंका
नेपाल येस्तो गरिब देश हो जहाँ कम्युनिस्ट शब्द एकदमै आकर्षक छ किनकी गरिब जनतालाइ आशा देखाउने तेहि शब्द धेरै पहिले देखि चलेको छ! खासगरि काङ्ग्रेसमा साम्भ्रान्त बर्गको बर्चस्व भएसी बांकि जनताको एउटामात्र विकल्प कम्युनिस्ट रह्यो! आजकल यो "कम्युनिस्ट" शब्द ब्राण्ड हो नेपालमा! यो बिक्छ! राजनीतिमा जित्ने हो नै हो! त्यो पनि जनताकै मतले! अनि साशक बन्ने हो! तेहि भएर मेरा एक जना बेलायत बस्ने विद्वान दाइले भने झैं कम्युनिस्ट कसरी समाजबादि हुन्छ? भन्नेको उत्तर येहि नै हो! सन्सारमा अब खाँट्टि कम्युनिस्टको बीउ पनि पाइदैन! चीन अहिलेको सप्पैभन्दा आधुनिक कम्युनिस्ट नाम गरेको समाजबादी शासन हो!
नेपालमा यदाकदा अहिले केही युवा काङ्ग्रेस र देउबाले उठाएको "कम्युनिस्ट अधिनायकवादवाद" भन्ने अब नेपालमा त के विस्वमा आउन नि मुस्किल छ! जस्तोकि "कर्ड्लेश फोन" जस्तै अब मोबाइल आइ सक्यो! कम्युनिस्ट पार्टीको खास समस्या भनेको एकता हो! अबका आउने दिनमा राजनीतिले वाक्क दिक्क भएका जनतामा दरिलो एकता सहितको नेतृत्व मुख्य आबस्यकता हो जस्ले देशको ५-१० बर्षको आर्थिक र सामाजिक खाका कोर्न सकोस! हामी सप्पैलाइ थाहा भाकै कुरा हो ओलिका अपत्यारिला लाग्ने कुरा भएनि बिकासे कुरा जनतालाइ मन परेकै थियो! हो! अब काङ्ग्रेसको आरोप खन्डन गर्ने भनेको बिस्वाशिलो अर्थतन्त्र, कम बितरणमुखि, भौतिक पुर्बाधारमा जोड दिने खाल्को हुनुपर्छ र स्पष्ट आर्थिक र सामाजिक खाका कोर्नुपर्छ! काङ्ग्रेसले उठाएका उडन्ते किंबदन्ती अब जनताले पत्याउने छैनन किनकी कम्युनिस्टका सरकार जनताले देखि सके र भोगी सके!
गठवन्धनको बिचार गर्नुपर्ने आर्को पाटो भनेको बिदेशी र खासगरि भारतलाइ आफ्नो बिश्वासमा लिनु पनि हो जहाँ हाम्रो आर्थिक र सामाजिक नाता एकदमै गहिरो छ! तर स्वभिमानी सम्बन्ध हुनुपर्छ! आर्थिक रुपमा पैसा बाड्ने मात्रै हैन जोगाउने र कमाउने बाताबरण हुनुपर्छ र योजना हुनुपर्छ! दरिलो र बिस्वाशिलो नेतृत्व र बाताबरण भयो भने स्वदेशी मात्रै हैन बिदेशी लगानीकर्ता नि आउछन! एक काङ्ग्रेसमा बिस्वास गर्ने विद्वानले भने झैँ धेरै बितरणमुखी हुनु हुँदैन तर बितरण नै नगरे भारतको जस्तै अस्वस्थ र असमान समाजिक /आर्थिक बाताबरण हुन्छ! कमाएको पैसा देशमा नै खर्च गर्न सके देशमा आर्थिक क्रियाकलाप चलायमान हुन्छ जस्ले सप्पैको उन्नती नै हुन्छ!
देशमा २ राजनैतिक शक्ति मात्र हुदा धेरै कुराको आफै सुधार हुन्छ। जनतालाई अब कसलाई भोट दिने र ५ बर्ष स्थाई सरकार चालाउन दिने भनेर निर्णय गर्न सजिलो हुन्छ तर नेपालका बामपन्थी धारका नेताहरु मलद्वारमा चिलाए जस्तो एक ठाउ टिक्न सक्दैनन्। त्यो अवस्था खरानी पानि खाएर निको भए आर्को १० बर्षमा कांग्रेश पनि धेरै सुधार भएर आउने थियो।
ReplyDelete