टुँडिखेल जान मन थियो मूर्ख हुन मन थियो!


आज फेरि धेरै पछि एउटा व्लग लेख्न मन लाग्यो। केही धार्मिक, आर्थिक अनि राजनीतिक मिक्स भएको कक्टेल वाला। हिजो भर्खरै एक विशाल कार्यक्रम मार्फत "बुद्ध वाज बोर्न इन नेपाल" भन्ने सन्देश दिनको लागि करिब १ लाख नेपालीले संयुक्त रुपमा धम्मपद बाचन गरेर बिश्व रेकर्ड कायम गराउँदै केही संदेश दिन खोजे! केहिले बेरोजगारको भिड भने, केहिले बुद्दु भने, केहिले काम नपाका भने, केहिले बेकारको खर्च भने, धेरै विद्वान खासगरि टुइटरवालाले त उडाउनु सम्म उडाए।
हो। बुद्ध न एक ब्यक्ति हो, न कुनै धर्म, न कुनै राज्य छ तेस्को, न कुनै सिमाना छ। यो एउटा भयानक बैज्ञानिक र आधुनिक सोच हो जुन हाम्रा कपिलवस्तुमा जन्मेका एक ब्यक्ती ले प्राप्त गरेको ज्ञान हो! जुन ज्ञान केहिले धर्म, केहिले सोच र  ज्ञान को रुपमा सन्सारमा फैलाउने क्रम जारी छ! अब येस्तो हुँदा हुँदै किन १ लाख नेपाली मानिस (७५- देखि १ लाख भन्ने सुनेर) बौलाहा (विद्वानहरुको भनाइमा) भए त? के ती सप्पै सनकी र बोलाहा नै थिए? कि ती केही सोच नै नभएका उरन्ठाउला नेपाली थिए? कि यो गर्नै नहुने काम थोयो जुन उनीहरुले टुँडिखेलमा गरे?

आउनुस अनुभव पनि शेयर गरौं न! म आज भन्दा झण्डै एक दशक अगाडि अस्ट्रेलिया आउँदा यहाँको मुख्य पर्यटकीय क्षेत्रमा पर्ने डार्लिङ हार्वरमा टहलिंदै थिएँ। त्यहाँ एउटा विशाल फ्लेक्स झुन्डिएको थियो जस्मा ठूलो बुद्धको चित्र अनि Incredible India the country of Budhha लेखेको थियो। मेरो आँखा टक्क अडियो अनि मन मनै सोचें कतै हामी केही त गुमाइ रहेका छैनौं यहाँ भनेर! खेर तेत्ती बेला खासै सोसल मिडिया पनि थिएन भर्खरै आउदै थिए! केही बोलिन! सोचें हाम्लाइ त किताबमा गलत पो पढाका रहेछन, खास लुम्बिनी भनेको त कुनै मन्दिर पो हो कि! जस्तो पशुपतिनाथ! शिव कहाँ जन्मे भनेर ट्याक्कै भन्ने को छ र यो सन्सारमा?

यतिकैमा यहीँ साथीहरु बन्ने क्रम जारी भो , केही सिंहाली श्रीलन्कन साथीहरु पनि भेटियो। उनिहरुले लुम्बिनी त सुनेका रहेछन तर कहिलेकाही श्रीलंका जाँदा गया सम्म गएका रहेछन। खासमा त्यहीँ नै लुम्बिनी भन्ने उनीहरुको सोचाइ रहेछ! मैल लुम्बिनीको बारेमा भनेपछि एकजना साथी केहि महिना अघि नेपाल नै गएर लुम्बिनी नै पुगेर आए! मलाइ सुनाउदै थियो...त्यो त युनेस्कोले नै प्रमाणित गरेको पो रहेछ है भन्दै। मेरो मन खुशी भयो सोचें बोल्ने हो भने थाहा पाउने रहेछन।
साउदी अरब तेल नबेचिकन पनि आफ्नो अर्थतन्त्र चलाउन सक्छ! कसरी? किन भने बर्सेनि आउने करोडौं धार्मिक पर्यट्कले गर्दा! मक्का मदिना पबित्र त छदैंछ तेस्ले साउदीलाइ प्रसाद पनि राम्रै दिएको छ! भनिन्छ अब आउने २०२०-२१ सम्म उस्को धार्मिक पर्यटनको आम्दानी मात्रै १५० बिलियन डलर हुनेछ! तेस्तै जेरुशेलमले पनि अर्बौं डलर कमाएको छ। टाढा जानै परेन त्यहीँ भारतमा तिरुपती, तिब्बतको पोटला हाउस जाँदा नै उनीहरुको आम्दानी अर्बौं हुन्छ। अब धर्म भन्ने धर्म मात्रै रहेन त्यो एउटा आर्थिक आम्दानीको मुख्य श्रोत पनि हो। पर्यटनको त झनै राम्रो श्रोत भनौं। धार्मिक क्षेत्रमा त्यो धर्म मान्ने मात्रै जादैनन अरु धेरै जान्छन! यो भनेको पैसाले पैसा तान्छ भने झैं मान्छे ले मान्छे तान्ने कुरा रहेछ।
सोसल मिडियाको क्रमिक बिकास सङै अब सन्सार अपरिचित रहेन। नेपाल त झनै ६०-७०% युवाले भरिएको देशमा हात-हातमा मोबाइल छन सप्पैको। नेपाली यती धेरै सक्रिय छन कि इन्डियन आइडल नै जिताइदिए। केहि युवाले यो बुद्धको जन्मस्थानको बारेमा भ्रम चिर्नको लागि "Budhha was born in Nepal" भन्ने सुरु गरे। मलाइ लाग्छ यस्ले नेपाललाई घाटा केही गरेको छैन नाफा चाहि मैले तेहि खवर पोस्ट गर्दा चाहेर होस कि नचाहेर होस मेरो अस्ट्रेलियन साथीले चाहिँ थाहा पाको छ! सायद अरु धेरैले पनि थाहा पाए होलान- तेस्ले केही घाटा भयो र देशलाइ?

हङकङमा भिमकाय बुद्धको मुर्ती, भक्तपुरमा महादेब...अझै अस्ट्रेलियामा त भेंडा, केरा अनि भूँइकटहरको पनि ठूलो मुर्ति (प्रतिमा) छन। किन बनाए होलान? मगज बिग्रेकै त होला तिन्को पनि। नेपालमा जन्मेका बुद्धको मुर्ती हङकङमा किन? चउर मा चर्ने भेंडाको मुर्ती किन? किन भने हङकङमा तेहि मुर्ति सहितको पार्कमा लाखौं घुम्न जान्छन, भेंडा भएको अस्ट्रेलियाको गाउँमा त्यहाँ भेंडाको उन र तेस्का उत्पादनको जानकारी सहित सामान र मासु समेत बेच्छन। अहिलेको जमनामा हजुर सङ के छ भन्ने महत्त्वपूर्ण हैन हजुर कसरी/के बेच्नु हुन्छ भन्ने महत्त्वपूर्ण हो।

कुनै बेला आन्दोलनको नाममा नेपालीको हात-मुख बन्द गर्दा हामी नै हो #Backoffindia सुरु गर्ने! त्यो बेला एक बिर्को पेट्रोल लिएर भारतीय दूतावास नै गएका थिए! कहिले बौलाहा नै भनेका थिए! #BackoffIndia लाई बौलाहा कै ट्याग दिए केहिले तर तेस्को प्रभाब भारतीय मिडिया मात्रै परेन त्यहाँको राजनीतिमा पनि पर्यो। नेपाली युवा अब भारतिय ज्यादतीको विरुद्धमा छन भन्ने प्रमाणित मात्रै गरेन तेस्को चर्चा खुबै भयो!

मलाइ बिस्वास के छ भने जति बिद्वान पल्टेर उनीहरुको अपमान सोसल मिडियामा भएको छ उनिहरु तेति निच त छैदैछैनन, थिएनन, अझै बुझेर नै जाने युवा धेरै थिए। धेरैले किताब मै पढेका छन गौतम बुद्ध लुम्बिनी मै जन्मेका भनेर। धेरैलाई थाहा पनि छ युनेस्कोले तेस्को प्रमाणीकरण पनि गरेको कुरा! उनीहरु त्यहाँ प्रचारप्रसारको लागि गएका थिए! सायद उनीहरु तेत्ती बिद्वान थिएनेन जति टुइटरमा रुने र कराउने जति थिए। उनिहरुले देश र जनतालाइ बिगार केही गरेनन! सायद म पो जान पाएन त्यो ठाउँमा! किनकि मलाइ नि मूर्ख हुन मन थियो, यी दुखी आत्माहरु जो विद्वान थिए! बस्! टुँडिखेल जान मन थियो, मूर्ख हुन मन थियो!
(यो ब्लग मोबाईल एप बाट लेखिएको ले भाषामा शुद्धता छैन कृपया माफ गर्नु होला)

Comments

Post a Comment

Popular posts from this blog

एक पटक को नेपाली संधै को नेपाली!

किन खुल्दैन तातोपानी नाका ?

Kevin Rudd: How we staved off recession and the GFC