Posts

Showing posts from July, 2017

रबिन्द्र मिश्र सङ सेल्फी!

दिपक पौडेल बिदेशिएको पनि १२ बर्ष नाघेछ! स्कुलका ति दिन थिए जतिबेला हामी क्लासमा सप्पै जाति र थरिका विद्यार्थी थियौं! हामी तेस्तो सर्कारी स्कुलमा जहाँ जहिले ७०-८० जाना एसएलसि दिदा मुस्किलले १० जना नि पास हुन्थेनन भलै हाम्रो स्कुल सदरमुकामको मुख्य सर्कारी स्कुल थियो! क्लासमा बस्दा सरहरुले जहिले पहिलो बेन्चमा बस्ने अब्बल सायद डाक्टर, इन्जिनियर! बिचमा बस्ने सायद अब्बल कर्मचारी र लास्टा बस्ने लाहुरे, हाउडे अनि बिदेश जान्छन भन्थे! तेहि भएर हरेक बिहान को पहिलो बेन्चमा बस्ने भन्ने हानाथाप नै हुने गर्थ्यो! म चाहिँ दोश्रो र तेस्रो बेन्चमा बस्थे र अलि अलि जान्ने टोपलिएको थिए भनम! दिन बित्त्दै गए, हाम्रो बेलाको एसएलसिमा धेरै पास भए! कोहि फस्ट कोहि सेकेन्ड! कलेजका दिन आए सप्पै आ-आफ्नो पढाइमा लागे! म भने पहिले देखि नै सर्कारी जागिर खाने (जो स्याङ्जाको एउटा मुख्य सफलता पनि हो) भन्ने थियो! कलेज पढिरहेका बेला लोकसेवा दिन मन लागेको थियो एकपटक ! लोकसेवा भवन अगाडि गएको फारम लिनेको लाइन देखेर नै दिक्क लाग्यो अनि सकिने रहेनछ भन्ने लाग्यो त्यसपछि त्यो लोकसेवा मबाट परलोक नै भयो! देश अशान्त थियो, घर गए...

ओर्लिनुस महाराज!

दिपक पौडेल २०४५/४६ मलाई खासै मिति त याद भएन तर म दुई कक्षामा पढ्ने थिए होला सायद! देबिस्थान प्राबि मा हाम्रा गुरुहरुले श्री ५ महाराज धिराजको जय! महारानीको जय! भन्दै त्यो घाममा स्याङ्जाको बाड्खोला भन्ने ठाउको चौरमा राजारानिको सवारी देखाउन लगेको! हामी सप्पै स्कुलका विद्यार्थी थियौं! मलाई अझै पनि याद आउँछ त्यो धुलो उडाउदै मलाइ नै उडाउला झै गरि बसेको हेलिकप्टर! तेस्को केही क्षणमा गुन्जिएको जयजयकार! श्री ५ को जय जय....राजा तेहाको सिँहाशानमा बसे पछि हामीले टाढाबाट देखेको त्यो एकदमै गोरो अनुहार साथमा रानी पनि मैले कहिले भुलेको छैन! सायद तेहि नै राजा बिरेन्द्र र रानीको अन्तिम दर्शन थियो होला मेरो लागि! कलेज पढ्ने भएर काठमाडौमा आउदा त राजाको सवारी हुँदा पुरै बाटो नै खालि गराइन्थ्यो हामीलाइ हिड्न पनि दिइदैन थियो त्यसैले कहिले देख्न पाइएन हाम्रा दुर्लभ राजारानीलाइ! अहिले इतिहासमा मात्रै छन अब! कलेजका दिनहरुमा राजनीतिमा चासो हुन्थ्यो तर कहिले पनि सक्रियता देखाइएन तर एमाले र काङ्ग्रेसको घमासान हुने त्यो बेला मैले मदन भन्डारीको केही भाषण क्यासेटमा सुनेको थिए "महाराज राजनीति गर्ने हो भने श...

नेपाली बुद्धिजीवी र प्रकार

नेपालमा कुनै दिन तेस्ता थिए कि कोहि कहलिएको राजनीतिज्ञ/बुद्धिजीवीले केही बोलेको र लेखेको भरमा उसलाई महान बिस्लेशक, ज्ञाता र उस्तै परे ज्ञानि कै संज्ञा दिइन्थ्यो! गाउँमा भारत गएर आएका (लाउरे हाम्रो भाषामा) दाजुभाइहरुले दिने गफ सुन्दा लाग्थ्यो यिनीहरु जति ज्ञानी र जान्ने कोहि छैनन होला यो सन्सारमा! नेपालमा पछिल्लोपटक "बुद्धिजीवी" को? भन्नेमा खुबै बहस चलेको पाइन्छ र केही बर्ग जस्को सञ्चार, राजनीति र साहित्यमा केही पहुँच छ (खास गरि एउटै पात्रहरु नै) त्यो अरु सामान्य नागरिक भन्दा आफू उम्दा, आफ्नो मात्रै बोली चल्ने र आफू मात्रै कुनैपनी बिषयमा छलफल, सल्लाह र उस्तै परे विशेषज्ञ  हुँँ भन्ने पाइएको छ! २०४६ सालको प्रजातान्त्रिक परिवर्तन र सञ्चार जगतमा सन्सारमा भएको अलौकिक बिकासले गर्दा अहिले को ज्ञानि, को अज्ञानी भन्ने छुट्टाउन एकदमै गार्हो छ! हाम्रो मात्रै एउटा येस्तो देश हो जहाका जनतालाइ राजनीति र समसामयिक बिषयमा एकदमै चासो र चेतना छ! खास गरि अबिकसित/अर्ध विकसित देशका जनता सबैभन्दा बढी चेतनशील हुने रहेछन! सायद त्यो उनिहरुको चाहेर वा नचाहेर हुने बौद्धिक बिकास रहेछ! बिकसित देशमा खासै...

हाम्रा नेता, समाजिक संजाल र नागरिक सम्बन्ध (पब्लिक रिलेशन)

प्रधानमन्त्री शेरबहादुर देउबाको पछिल्लो टेलिभिजन कार्यक्रमले केही प्रस्न , केही उदेक र अनि हाम्रा ठुला ( प्रतिष्ठित ) ब्यक्तीहरुका बानी र हाम्रा समाजमा हुने दैनिकीको बारेमा धेरै कुरा उजागर गर्यो ! सामाजिक संजालमा धेरैले देउबाको आलोचना मात्रै गरेनन केही विद्वान पत्रकार र पार्टीका ब्यक्तीहरु देउबालाइ फसाइको भन्न समेत पछि परेनन ! जब देउबा १२ बर्ष पहिले प्रधानमन्त्री थिए तेत्ती बेला जनताका हातहातमा येस्तो किसिमको सन्चार सुबिधा थिएन ! आजकल को द्रुत सन्चार र जनमानसमा भएको क्रमिक शैक्षिक बिकासले पनि यो कुरा तिलबाट पहाड बन्यो ! के देउबा मात्रै तेस्ता पात्र हुन ? अबस्य हैन ! यसो आँखा घुमाउ न आफ्नो वरिपरिका मान्छे तिर ! हामी अस्पतालमा जादा डाक्टरले बोल्ने तरिका , बिजुलीको बिल तिर्न जादा काउन्टर कर्मचारीको कर्कसे स्वर , आफ्नै वडामा सिफारिस लिन जादा नमस्कार गर्न बिर्सदा सचिब रिसाको आदि! देउबाको टिभि कार्यक्रमको बहस सेलाउन पाको थिएन फेरि आर्को आइ सक्यो देउबाले बाडिपिडितको सम्बोधनम...