Posts

पुँजीवादी देशबाट कम्युनिस्ट (समाजबादी) लाई हेर्दा!

आज फेरि घर किन्न आए! म सङै रहेको एक अस्ट्रेलियन साथीले केही चाइनिज पर्यटकहरु जहाजबाट उत्रे पछि मलाइ भन्यो! मैले सोधेँ "तिम्लाइ कसरी थाहा भयो यो घर नै किन्न आयो भनेर?" उस्ले अस्ट्रेलियाको लबजमा नै भन्यो "हेर साथी यिनिहरु आफ्नो पैसा लगानी गर्न येहा आएका हुन! अब हामी सिड्नीमा घर किन्ने सपना नदेखे भयो! म त अब गाउँमा बस्छु! सायद १००-१५० किलोमिटर टाढा त्यहाँ कोहि चाइनिज नआउलान" त्यो साथिले भनेका कुरामा १००% सहमति नजनाए पनि बिगत १०-१५ बर्षको घरजग्गा कारोबार हेर्दा अस्ट्रेलियाका मुख्य शहर र वरिपरि सप्पै कारोबारमा कोहि न कोहि चाइनिज अनुहार देखिएको नै हुन्छ! म हालैका घरजग्गा लिलाम भाको ठाउँमा जाँदा जहिले पनि बढाबढको प्रतियोगितामा चाइनिज अनुहार मात्रै देखेको छु! स्थायी बासिन्दाहरु घरको डिलमा बसेर हेरिरहेका देखिन्छन आजकल! विकसित र पुँजीवादी देशमा बसेर घर किन्ने सपना देखेका धेरै छन र तिन्का घर किन्ने सप्पै चाइनिज र अरु! कस्तो सिस्टम? सप्पैलाइ सर्बबिजितै भएको कुरा हो! अस्ट्रेलिया सन्सारको सप्पैभन्दा महँगो पर्यटन गन्तव्य हो! गत साल मात्रै करिब १५ लाख चाइनिजले यो देश घुमेका रहेछ...

गठबन्धन, अर्थतन्त्र र आत्तिएको काङ्रेस!

भर्खरै नेपाली राजनीतिमा एउटा ठूलो उथलपुथल भयो जब अहिलेको सरकारको गठबन्धन साझेदार माओवादी एकाएक विपक्षी एमाले सङ्गै आउने प्रदेश र केन्द्रिय चुनावमा गठबन्धन मात्रै हैन पार्टी नै मिसाउने भनेर गयो! यो पछिल्लो घटनाक्रमले राजनीति मात्रै हैन आर्थिक क्षेत्रमा पनि धेरै नै हलचल पैदा गरेको छ! खास गरि खुला अर्थतन्त्र आफ्नै पेवा मात्रै हो भन्ने काङ्ग्रेस र त्यसमा आशा, भरोसा र राजनीतिक, आर्थिक फाइदा लिने जमातमा! तर खाँटि कुरा के छ भने नेपालको व्यावसायिक जगतले भने भित्री रुपमा यो पछिल्लो ध्रुवीकरणलाई मौन समर्थन गरेको छ! कुनै पनि व्यावसायी देशमा स्थिर सरकार र स्थिर राजनीति चाहन्छ! कुनै पनि लगानीकर्ताको लागि राजनीति स्थिरता, कानुन र त्यहाँको बजार, पुँजी, श्रम आदि महत्त्वपूर्ण कुराहरु हुन! पछिल्लो समय भएको राजनीतिक ध्रुवीकरणले एमाले-माओवादी मात्रै हैन काङ्ग्रेसको तिर पनि एक समीकरण बनेको छ! आशा छ दुबै तिरका समीकरण बलिया हुन र राज्यको संचालन मिलेर नै होस! जुन ब्यबस्था हामी अपनाउन गइरहेको छौं त्यसबाट सामन्यतया अब बहुमत प्राप्त गर्ने एक दल हुन निकै मुस्किल छ र यो समीकरणको सुत्रपात गर्ने एमाले र माओवादी धन...

बा भएर बा लाई सम्झिदा!

दिपक पौडेल मेरी चार बर्षकि छोरी अघि भर्खरै फोन गर्दै आधा नेपाली र आधा अङ्ग्रेजीमा "ह्यापी फादर्स डे बाबा" भनि अनि मैले भने "खै मलाइ के दिन्छौ?" उस्ले भनी म एउटा कार्ड बनाइ दिन्छु बाबा! म कामबाट घरमा जाँदा सायद उस्ले एउटा कागजमा केही आफुले जानेर कोरेका चित्र सहित एउटा "गिफ्ट बाबा" भनेर दिने छे किनकी उस्ले तेस्तै गरेकी थि जब आमाको मुख हेर्ने दिने आएको थियो। कस्तो अचम्म लाग्ने है! सधैं यो बा को मुख हेर्ने दिन आइराख्ने है! म सानो हुँदा नै मेरो बा परलोक हुनु भएको भनेर आमाले भनेको मैले सुनेको थिए! सानैमा! एकदिन म स्कुलमा पढ्ने बेला एकजानाले मलाइ तेरो बा खै भन्यो मैले भने "माछा मार्न गए" मलाई थाहा थिएन किन त्यो भने भनेर! खासमा मेरो आमा र म स्याङ्जाको राम्दी (कालीगण्डकी नदि जहाँ राम्दिघाट छ) पुल तरेर मामा/ठुलिआमा को घर बुटवल जाँदा सधैं रुनुन्थ्यो किनकी बालाइ सतगत गरेको अन्तिम स्थान तेहि थियो! हरेक पटक त्यो पुल काट्दा आमाले पैसाको डबल त्यो गाडीको झ्यालबाट फ्याक्नु हुन्थ्यो र नमस्कार गर्नु हुन्थ्यो! मलाई लाग्थ्यो बा तेतै नदि तिर हुनु होला तेहि भएर कस...

ठट्टा हैन रास्ट्रबाद!

महाबिर पौड्याल  बिषय प्रवेश गर्नुपहिले नै विषयान्तर गरेँ, माफ पाउँ। आफ्नै जीविका, आफ्नो परिवार, निकटका नातेदार, छोराछोरीको सुरक्षित भविष्य नेपालकै सुशासन, विकास, राजनीतिक स्थायित्व आदि पक्षमा निर्भर भएकाले होला, शायद देश अधोगतितिर लागेको देख्दा अलि बढी नै डाहा भएर आउँछ। यस्तै भावना बोक्ने सयौँ करोडौँमा छौँ होला हामी। अरबको खाडीमा रातदिन पसिना बगाउनेदेखि जापान, कोरिया, अमेरिका, युरोप पुगेका तर त्यहाँ दुःख गरेर आफ्नो परिवारलाई सुख दिने सपना बोकेकाहरूलाई यो देशको अस्थिरता, यसमाथि हुने नाङ्गो विदेशी हस्तक्षेप, बेरोजगारी, दण्डहीनता आदिले कति मन पोल्दो हो? विदेशमा रहेका तर देशको स्थिति सु„िए स्वदेश फर्कने दिन पर्खेकालाई देश बिगँ्रदै गएकामा हामी यहाँ बसेर बेथिति भोगेकालाई भन्दा बढी पीडा हुँदो हो। यस आलेखमा राष्ट्रवादी र राष्ट्रवाद आदि शब्दलाई परम्परागत, शास्त्रीय अवधारणाका रूपमा भन्दा पनि माथि उल्लिखित भावना समेट्ने बिम्बका रूपमा प्रयोग गरिएको  छ। हामी नाकाबन्दीको विरोध गर्नेहरू अन्धो राष्ट्रवादी वा राष्ट्रवादी कहलायौँ, त्यसको प्रत्यक्ष/परोक्ष समर्थन गर्नेहरूले आफूलाई प्र...

पाकेटमा जनता!

दिपक पौडेल भर्खरै भएको स्थानिय चुनाबमा कति ठाउँमा प्रत्यासित र कति अप्रत्याशित नतिजाहरु आए! पार्टीले कति ठाउँमा अन्तर्घात भने कतिलाइ कस्ले हराए भने! खासमा चुरो कुरो के रहेछ भने हाम्रा पार्टी र नेताले जनता आफ्नो पाकेट मै भएको सोच्ने रहेछन र जनता तेस्तै रहेछन धेरै हद सम्म! विकसित देशहरुमा पनि खासमा अनुमान (खास गरि पोलिङ) मिल्ने गर्छ तर को जनताले अन्तिममा कसरी भोट हाल्छ भन्ने भबिस्यबाणी कसैले गर्न सक्दैन! जनतमा खास परिवर्तन त्यो बेला हुन्छ जब नेता अनि तिन्को पार्टीको आधिकारिक एजेन्डाले जनतामा प्रत्यक्ष असर गर्छ! अनि त्यो बुझाउन सक्ने नेता नै वास्तविक नेता हुन्छ त्यो पनि अन्तिम समयसम्म! जसको उदाहरण भर्खरै सम्पन्न बेलायती सन्सदको चुनाब! कन्जरभेटिभकि थिरिसा मे ले आफ्नो पोलिङ हेरेर २०% लिड गरेको र धेरै भन्दा धेरै जनमत पाउने आशामा अप्रत्याशित चुनाब गरेकी थिइन तर खासमा लेबरका कोर्बिनले बाजि मारे किनकी उन्को एजेन्डा युवामा एकदमै रुचाइए भलै उन्ले सरकार बनाउने जति जितेनन तर भनिन्छ उनी आर्को चुनाब सम्म रहे भने नराम्ररी हारेको लेबर फेरि आउनेछ! उनी चुनाब आउने अन्तिम हप्ता सम्म एकदमै रुचाइए! तेस्...

रबिन्द्र मिश्र सङ सेल्फी!

दिपक पौडेल बिदेशिएको पनि १२ बर्ष नाघेछ! स्कुलका ति दिन थिए जतिबेला हामी क्लासमा सप्पै जाति र थरिका विद्यार्थी थियौं! हामी तेस्तो सर्कारी स्कुलमा जहाँ जहिले ७०-८० जाना एसएलसि दिदा मुस्किलले १० जना नि पास हुन्थेनन भलै हाम्रो स्कुल सदरमुकामको मुख्य सर्कारी स्कुल थियो! क्लासमा बस्दा सरहरुले जहिले पहिलो बेन्चमा बस्ने अब्बल सायद डाक्टर, इन्जिनियर! बिचमा बस्ने सायद अब्बल कर्मचारी र लास्टा बस्ने लाहुरे, हाउडे अनि बिदेश जान्छन भन्थे! तेहि भएर हरेक बिहान को पहिलो बेन्चमा बस्ने भन्ने हानाथाप नै हुने गर्थ्यो! म चाहिँ दोश्रो र तेस्रो बेन्चमा बस्थे र अलि अलि जान्ने टोपलिएको थिए भनम! दिन बित्त्दै गए, हाम्रो बेलाको एसएलसिमा धेरै पास भए! कोहि फस्ट कोहि सेकेन्ड! कलेजका दिन आए सप्पै आ-आफ्नो पढाइमा लागे! म भने पहिले देखि नै सर्कारी जागिर खाने (जो स्याङ्जाको एउटा मुख्य सफलता पनि हो) भन्ने थियो! कलेज पढिरहेका बेला लोकसेवा दिन मन लागेको थियो एकपटक ! लोकसेवा भवन अगाडि गएको फारम लिनेको लाइन देखेर नै दिक्क लाग्यो अनि सकिने रहेनछ भन्ने लाग्यो त्यसपछि त्यो लोकसेवा मबाट परलोक नै भयो! देश अशान्त थियो, घर गए...

ओर्लिनुस महाराज!

दिपक पौडेल २०४५/४६ मलाई खासै मिति त याद भएन तर म दुई कक्षामा पढ्ने थिए होला सायद! देबिस्थान प्राबि मा हाम्रा गुरुहरुले श्री ५ महाराज धिराजको जय! महारानीको जय! भन्दै त्यो घाममा स्याङ्जाको बाड्खोला भन्ने ठाउको चौरमा राजारानिको सवारी देखाउन लगेको! हामी सप्पै स्कुलका विद्यार्थी थियौं! मलाई अझै पनि याद आउँछ त्यो धुलो उडाउदै मलाइ नै उडाउला झै गरि बसेको हेलिकप्टर! तेस्को केही क्षणमा गुन्जिएको जयजयकार! श्री ५ को जय जय....राजा तेहाको सिँहाशानमा बसे पछि हामीले टाढाबाट देखेको त्यो एकदमै गोरो अनुहार साथमा रानी पनि मैले कहिले भुलेको छैन! सायद तेहि नै राजा बिरेन्द्र र रानीको अन्तिम दर्शन थियो होला मेरो लागि! कलेज पढ्ने भएर काठमाडौमा आउदा त राजाको सवारी हुँदा पुरै बाटो नै खालि गराइन्थ्यो हामीलाइ हिड्न पनि दिइदैन थियो त्यसैले कहिले देख्न पाइएन हाम्रा दुर्लभ राजारानीलाइ! अहिले इतिहासमा मात्रै छन अब! कलेजका दिनहरुमा राजनीतिमा चासो हुन्थ्यो तर कहिले पनि सक्रियता देखाइएन तर एमाले र काङ्ग्रेसको घमासान हुने त्यो बेला मैले मदन भन्डारीको केही भाषण क्यासेटमा सुनेको थिए "महाराज राजनीति गर्ने हो भने श...